नेपालगञ्जमा लाईन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ बी २ अधिबेसन : “हामी सेवा गछौं” मुल मान्यता

१६ चैत्र, नेपालगञ्ज/ “हामी सेवा गछौं” भन्ने मुल मान्यता राखेर नेपालमा समाजिक संस्थाको रुपमा बिस्तार भईरहेको लाईन्स इन्टरनेशनल क्लबको डिस्टिक ३२५ बी २ को छठौं अधिबेशन शनिवार नेपालगञ्जमा सम्पन्न गर्न तयारी पुरा भएको आयोजकहरुले बताउनु भएको छ ।

नेपालगञ्जको कारकांदो स्थित होटेल सिदार्थ भ्यूमा आयोजना गरिएको लाइन्सको अधिबेशनमा करीब २५०० जना सहभागी रहने र त्यसका लागी नेपालगञ्जका बिभिन्न होटेलहरुमा बसोबासको ब्यवस्थापन गरिएको छ । 

नेपालगञ्जमा आयोजना गरिको उक्त कार्यक्रम चैत्र १६ गते शनिबार १ दिनमा नै सम्पन्न गर्ने गरि कार्यक्रम बनाइएको र अधिबेशनमा ३ वटा सत्रमा सम्पन्न गर्ने गरि कार्यक्रम तय गरिएको बताइएको छ ।

शनिबार बिहान करीब ८ बजे नेपालगञ्जको धम्बोजी चौकबाट सहभागीहरु समेत गरि सुर्खेतरोड तथा बागेश्वरी मन्दिरमोड हुदै कारकांदो सम्म प्रभातफेरी आयोजना गरिएको छ । उक्त प्रभातफेरीकै क्रममा बिभिन्न समाजिक,धार्मिक तथा ब्यापारीक संस्थाहरुले स्वागत गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आथित्यतामा उदघाटन सत्रको आयोजना राखिएको छ भने दोस्रो सत्रको सुरुमा बार्षिक कार्य समिक्षा र अन्तीममा लाईन्स इन्टरनेशनल क्लबको डिस्टिक ३२५ बी २ को नयां नेतृत्व चयन गर्ने कार्यक्रम रहेको लाईन्स इन्टरनेशनल क्लब डिस्टिक ३२५ बी २ का गभरर्नर मधुसुधन शर्माले बताउनु भएको छ ।