दांगको घोराहीबाट ५ केजी अफिम सहित ३ जना पक्राउ


२२ जेठ, दांग/  ५ केजी अफिमसहित दाङ प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामबहादुर घर्ती मगरले घोराहीबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनु भएको छ ।

गोप्य सूचनाको आधारमा घोराही उपमहानगरपालिका वडा नं. १५ को एउटा होटल नजिकैबाट उनीहरूलाई आइतबार बेलुका साढे ७ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा  रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ४ निवासी ३१ वर्षीय शक्तिराम वली र रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. ६ निवासी २७ वर्षीय एलन रोका र सोही गाउँपालिका वडा नं. ८ का २८ वर्षीय देवबहादुर वलीलाई दाङको घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता घर्ती मगरले जानकारी दिनु भएको छ।

पक्राउ परेका विरुद्ध लागूऔषध नियन्त्रण २०३३ अन्तरगत मुद्दा चलाइएको डिएसपी मगरले जानकारी दिनु भएको छ ।