भेरी अस्पताल काण्ड: “जो चोर उसैको ठुलो स्वर “

२७ असार, नेपालगञ्ज/ ” चोर उसैको ठुलो स्वर ” नेपालीमा उखान त सुन्नु भएकै होला !

नेपालगञ्ज स्थित भेरी अस्पतालमा हुने गरेका बेथितीहरु मध्यको एउटा सानो नमुना प्रमाण सहित सार्वजनिक गरेको भन्दै चिकित्सक संघको नाममा बक्तब्य बाजी सुरु गरिएको छ।

पश्चिम नेपालमा स्वास्थ्य क्षेत्रमा जनताको अन्तिम आशा र भरोशाको केन्द्रको रुपमा स्थापित हुदैगईरहेको भेरी अस्पताल जस्तो पवित्र सरकारी स्वास्थ्य संस्थालाई कथित केही ब्यक्तीले आफु सरकारी अस्पतालको डाक्टर भएको पहिचान दिदै आफना अबैध स्वास्थ्य अड्डामा कामका लागी भजाउने भाँडो र उक्लने सिढी बनाउने गरेको घटनाक्रमले उजागर गरेको छ ।

सरकारी अस्पतालमा एकमुस्ट हाजीर लगाउने, बोर्ड र नेम प्लेट टासेर प्रचार गर्ने, काम चै स्वास्थ्य मापदण्ड र वातावरणिय प्रभाव मुल्याकण विपरित नेपालगञ्जमा मनपरि स्वास्थ्य कम्पनीहरु पनि आफै खोल्ने, काम पनि आफै गर्ने र स्वास्थ्य सेवा जस्तो गम्भिर विषयको धज्जी उडाएको घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ ।

नेपालगञ्जमा च्याउँ झै स्वास्थ्य संस्था/ कम्पनी खोल्नु आफैमा सकारात्मक पक्ष हो तर ति कम्पनी वा संस्थामा काम गर्ने ब्यक्ती योग्य, सक्षम र अनुभवी नभइदिदा उपचारको नाममा सर्वसाधरणले सास्ती बेहोर्नु पर्दछ।

भेरी अस्पतालमा कार्यरत ७ जना डाक्टरहरुको एमडी अध्ययनको शैक्षिक योग्यताको प्रमाण पत्र र समकक्षताको बिषयमा अनुसन्धान चलिरहेको समयमा भेरी कै नाममा तलब खाने, हाजिर अग्रिम गरेर काम चै स्वास्थ्य सेवाको नाममा आफुले खोलेको माँ बैशनवी अस्पतालमा काम गर्ने डाक्टर सुरेशकुमार नागको कथित कर्तुत सार्वजनिक भएपछी त्यस्तो गलत काम गर्ने र त्यसको पक्षपोषण गर्नेहरू बिष बमन गर्दै तिलमिलाउन थालेको वढ्दो घटनाक्रमले देखाउदै गईरहेको छ।

नागले नेपालगञ्जको बीच शहरमा स्वास्थ्य मापदण्ड बिपरित बातावरणिय प्रभाव मुल्यांकण मिलेमतोमा बनाई पासाङगल्यामु मार्गमा माँ बैशनवी प्रालि खोलेका कारण भेरीमा हाजिर लगाउने काम चै आफनोमा गर्दै आईरहेको भेरीको हाजिरी रजिष्टरमा अग्रिम एकमुष्ट हाजिर धस्काउने अनि आफनो अस्पताल तिर चलदिने घटनाले डाक्टरको नाममा लापर्वाही र मनपरी गर्ने गर्ने गरेको घटनाले उर्जा गरेको छ ।

सरकारी अस्पतालपा तलब खाने अनि काम चै प्राइबेट अस्पतालमा काम गरी पद तथा जिम्मेवारीको र्बखिलाप गर्ने जो कोही किन नहोस त्यसलाई अभिलम्भ कानुनी दायरामा ल्याउनु पर्नेमा त्यसको जिम्मेवार निकाय अख्तियार कानमा तेल हालेर बस्नु हुदैन ।

घटनाको उजागर