दिपक हेमकार परिवार बिभत्स हत्या एवम डकैती काण्ड–३ अभियोजन पत्रको घटना खण्डमा के-के छ ?

नेपालगञ्ज १ फागुन/  नेपालगञ्जको हाल सम्मकै ठुलो र चर्चित दिपक हेमकार समेत परिवारको सामूहिक हत्या र डकैती काण्डका अभियुक्त भारत लखनउ निवासी किशोरीलाल सोनीलाई नेपालको सर्वोच्च अदालतले अभियुक्तलार्ई साधरण तारिखमा छोडने फैसला गरे पछी त्यसको पक्ष र बिपक्षमा टिका–टिप्पणी भईरहेको अवस्थामा त्यस मुद्धामा के–कसो भएको भन्ने बिषयमा प्राप्त डकुमेन्टहरु जस्ताको त्यस्तै पाठक सामु प्रस्तुत गदै आईरहेका छौ ।

बिक्रम संम्वत २०६२ साल फागुन २३ गते राती नेपालगञ्जको त्रिभुवनचौक नजिकै सदरलाईनमा रहेको आफनै घरमा सुन पसल खोलेर बसेका दिपक हेमकार अनि निजका आमा, बुवा, बज्यै र घरमा सहयोगी गरि ५ जनालाई नै घांटीको अगाढीको भागबाट धारिलो हतियारले करिब ३.५ इन्च रेटेर हत्या एवम घरमा भएको धनमाल डकैती घटना भएको थियो ।

उक्त बिभत्स हत्या एवम डकैती घटनामा नेपाल प्रहरीले बारम्बार अर्थात करिब १२ बर्ष लगायत पटक–पटक बिशेष टिम बनाई अनुसन्धान गरी बांके जिल्ला सरकारी वकीलको कार्यालय मार्फत बिभिन्न १२२ वटा छुटटा–छुटटै सबुत–प्रमाण सहितको मिसिल तयार पारेर जिल्ला अदालत बांकेमा २०७५ साल कार्तिक ८ गते पेश गरेको थियो । सबुत प्रमाणहरुको लिस्ट प्रमाणहरुको यि प्रमाणहरु पाठक समक्ष प्रस्तुत गदै जाने भने बमोजिम यो अंकमा हामीले उक्त घटनाको अभियोजन पत्रको घटनाखण्डजस्ता तस्तै प्रस्तु गरेका छौ ।

घटना के भएको थियो ? हेर्नुहोस घटना बिवरण …..