नेपालगञ्जकोअख्तियार टोलीले बर्दियाको गेरूवाबाट १५ लाख घुस सहित ३ इन्जिनियर पक्राउ

४ साउन नेपालगञ्ज/ कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझा घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको ।

कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझा समेतले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको अख्तियारमा आएकोआधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले उक्त ठाउंमा शनीबार दिउसो छापा मारेको हो ।

घुस रकह सहित पक्राउ परेका निजहरू इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझा समेतलाई रू.१५,००,०००/- घुस बापतको रकम सहित बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा नं. १ बाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

अख्तियारले शनिबार मात्र बर्दिया लगायत अन्य ३ जिल्लाका हाकिम स्तरका कर्मचारीलाई घुस रकम सहित पक्राउ गरेको छ ।