दैलेख र सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या लगातार उकालो, बांके बर्दिया र प्यूठानको थप विवरण 


३२ जेष्ठ, बीरेन्द्रनगर/  कर्णाली प्रदेशका सुर्खेत र दैलेखका गरि पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस संक्रमण भएको पाईएको छ ।

सुर्खेतको बीरेन्द्रनगर स्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा आरटिपिसिआर बिधिबाट गरिएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना संक्रमण भएको पाईएको हो ।

थपिएका संक्रमितहरु मध्ये दैलेख जिल्लबा स्वाब संकलन गरि पठाईएका मध्य ३७ जना र सुर्खेतका १५ जना रहेको बीरेन्द्रनगर स्थित सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार कर्णाली प्रदेशमा हाल सम्म ९ सय ६७ जना संक्रमित भएको पाइएको छ । नमुना संकलन गरि परिक्षण गर्नेक्रम जारि रहेको छ र यो संख्या अझै बढदै जाने निश्चित जस्तै छ ।

आईबार फेला परेका ३७ जना मध्ये नयाँ संक्रमित दैलेखको सदरमुकाम नारायण नगरपालिका देखि उत्तपूर्वमा रहेको नौमुले गाउँपालिकाका ३५ जना रहेका छन । नौमुलेको वडानम्वर नं. १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र १ जना महिला रहेका छन । त्यस्तै दैलेख नारायण नगरपालिकाका वडा नंं २ का २ जना पुरुष रहेका छन् ।

सुर्खेतका १५ जना मध्ये वीरेन्द्रनगर नगरपालिका वडानम्बर १ का १ जना पुरुष, सुर्खेतको पूर्बी सल्यान जिल्लासंग सिमाना जोडिएको गुर्भाकोटा नगरपालिका वडा नंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष कोरोना संक्रमित पाइएका हुन । संक्रमितहरु भारतबाट फर्किएको र क्वारेन्टाइनमा बसेका ब्यक्तीहरुको स्वाब संकलन गरि चेक जांच गर्दा कोरोना संक्रमित पाइएका हुन ।

त्यसै गरि सुर्खेतकै लेकबेसी नगरपालिका वडानम्बर २ का १ जना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का ५ जना पुरुषमा पनि कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

आइतबार दैलेख अस्पतालबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ३ जना डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेशबिभिन्न् जिल्लाको कोरोना सम्वन्धीरिपोर्ट

कर्णालीमा हाल सम्म डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

बाँके र बर्दिया र प्यूठानका गरि १५ जनामा कोरोना संक्रमण

आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा प्युठानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्युठानको माण्डबी गाउँपालिकामा सिमलचौर स्थित क्वारेन्टाइनमा बसेका ७ जना स्वर्गद्वारी नगरपालिका वडा नं ं ४ का २७ वर्षका १ जना र वडा नं ८ का २६ वर्षका १ जना गरी ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले जानकारी दिनुभएको छ ।

यो सङ्गै प्यूठान जिल्लामा कोरोना संक्रमित हुनेहरुको संख्या ३३ जना पुगेको छ । जसमा माण्डबी गाउँपालिकाका १७ जना, प्यूठान नगरपालिकाका १० जना, सरुमारानीका १ जना, स्वर्गद्वारी नगरपालिकाका ३ जना र ऐरावतिका २ जना गरी ३३ जना रहेका छन ।

बाँके र बर्दिया…….

त्यसैगरि आईतबार भेरी अस्पताल नेपालगञ्जको ल्याबमा आरटि पिसिआर प्रबिधिबाट कोरोना भाईरसको परिक्षण गरिएकोमा बांकेको राप्तीसोनारी गाँउपालिका वाडनम्बर ८ का १८ वर्षिय १ जना पुरुष, डुडुवा गाँउपालिका वडानम्बर १ का १९ वर्षिय १ जना पुरुष र डुडुवाकै वडानम्बर ३ का १ जना २२ वर्षिय पुरुषमा गरि बाँकेका थप ३ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

त्यसैगरी बांके जिल्लाको पश्चिम दक्षिण भाग जोडिएको बर्दियाको बढैयाताल गाँउपालिका वडानम्बर१ का २४ वर्षिय १ जना महिला, सोही वडाका २१ वर्षिय १ जना पुरुष र बढैयातालकै वडानम्बर २ का १ जना २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

आईतबार बिहानको रिपोर्ट अनुसार नै रुकुम जिल्लाको सानोभेरी गाँउपालिका वडानम्बर १ का ८२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको र हाल उहांको मेडिकल कलेज कोहलपुरमा  पेट सम्वन्धी उपचारगर्नुपर्ने भएकाले उक्त अस्पतालमा सावधानी अपनाएर अन्य उपचार पनि भइरहेको छ ।