बांकेबाट जारि नागरिकता: २५% को अनुसूचि गायब, अभिलेख केरमेट,५५ वटा नागरिकता रद्द

 

 नेपालगञ्ज/  जिल्ला प्रशासन कार्यालय बांकेबाट हाल सम्म ५५ वटा नेपाली नगरिकता बिदेशीलाई बितरण गरेको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बांकेको कानुनी शाखाबाट प्राप्त जानकारी अनुसार बिभिन्न ब्यक्तीका लागि बिभिन्न मितिमा जारि गरिएका नेपाली नागरिकताको बिषयमा जिल्ला प्रशासन बांके, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी र अदालतमा परेको मुद्धाका आधारमा छानबीन हुदा हाल सम्म ५५ वटा नेपाली नागरिकता छानबीन पछी बिदेशी नागरिकले नागरिकता लिएको पाईएको हो ।

नेपाली नागरिकता अध्यावधी गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय बांकेबाट हाल सम्म जारि भएका नेपाली नागरिकता मध्य करीब २५ प्रतिशत नेपाली नागरिकताको अनुसूचि फारम नै गायब पारिएको भेटिएको छ भने केही नेपाली नागरिकताको ढण्डामा बिभिन्न मितिका प्रमुख जिल्ला अधिकारीहरुले सच्याईएको पाईएको छ ।

अनुसूचि फारम गायब पारिएका नेपाली नागरिकताहरुमा अधिकांस शंकास्पद ब्यक्तीका नागरिकता प्राप्त गर्दाका गुन्टाहरु गायब पारिएका छन ।

नेपाली नागरिकताको अनुसूचि फारम भनेको नेपाली नागरिकले के-कसरी नागरिकता प्राप्त गरेको त्यसमा सम्पूर्ण विवरण समाबेश गरिएको हुन्छ ।

जिल्ला प्रशासन कर्या बांकेबाट जारि भई बिदेशी नागरिकले नागरिकता लिएको बिषयमा अनुसन्धानको क्रममा नेपाली नागरिकता बिदेशीलाई दिने ब्यक्तीलाई हाल सम्म कुनै पनि कार्बाही भएको छैन भने नेपाली नागरिकता लिने २ जना बंगलादेशी नागरिक नेपालगञ्ज कारागारमा जेल जिवन बिताएट घर फर्किसकेका छन। नेपाली नागरिकता दिने कर्मचारिहरु हाल पनि आरामले रिटायर र केहीले जागिर खाईरहेका छन ।

२ जना बैगलादेशी नागरिकलाई काठमाण्डौंको एयरपोटमा पक्राउ गरि छानबीन गर्ने क्रममा बांकेको नरैनापुर क्षेत्रबाट  १३ लाखमा २ वटा नागरिकता लिएको ति बिदेशी नागरिकले बयान दिएकोमा उक्त बयान सच्चाएर नागरिकता दिने ब्यक्तीलाई ततकालीन प्रमुख जिल्ला अधिकारीले नागरिकता दिने ब्यक्तीलाई बचाएको स्रोतले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेबाट नेपाली नागरिकता बिदेशी नागरिकले प्राप्त गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत खोजेको ढण्डा नपाएको भन्दै बेवास्ता गरेको स्रोतले बताएको छ ।

नेपाल सरकारले तराईका अधिकांस जिल्लामा नेपाली नागरिकता बिदेशीले प्राप्त गरेको आशंकामा नेपाली नागरिकता कम्पूटरमा अध्यावधी गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय बांकेले पनि कम्प्युटरमा अध्यावधी गर्ने क्रममा हाल सम्म जारि गरिएका नागरिकता मध्यको करीब २५ प्रतिशतको अनुसूचि फारमा गायब पारिएको भेटिएको हो ।

स्रोतका अनुसार बिभिन्न मितिमा उजुरी परेका नागरिकताको अनुसूचि फारम रहेको गुन्टा देखी शंकास्पद ब्यक्तीका नागरिकता लिएका अधिकांसको अनुसूचि फारम पुरानो भई सढेको हराएको मेटिएको कैफियतमा उल्लेख गरेर अध्यावधी गरिएको छ ।

अनुसूचि गायब भएका मध्य केहीको नक्कली नागरिकता बितरण गरिएकोले अनुसूचि फारम गायब पारिएको हुन सक्ने जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ ।