नेपालमा कोरोना संक्रमितको संख्या लगातार उकालो, एकैदिन ६८ जना पोजेटिभ, ४० जिल्लामा ५८४ जना संक्रमित

तस्विर बांकेको नेपालगञ्जमा वडा नम्बर-८ महेन्द्रपार्क छेउमा स्वाब परिक्षणका लागि नमूना संकलन गर्ने क्रमको हो । जहांबाट बांकेमा पहिलो पटक कोरोना पोजेटिभ भएका ब्यक्तीहरु भेटिनुभएको र उहां निको भएर शुक्रबार मात्र घर फर्किसक्नुभएको छ । तस्विर: दुर्गा रोकाय ।

१० जेष्ठ, नेपालगञ्ज/  पछील्लो पटक नेपालमा कोरोना सक्रमितहरुको संख्या लगातार बढिरहेको छ । शनिबार मात्र ६८ जना संक्रमितहरु फेला पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले गर्ने नियमित सूचना ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछील्लो पटक शनिबार अपरान्ह ३६ जना कोरोना संक्रमितहरुको विवरण सार्वजनिक गर्नुभएको छ । उक्त तथ्यांक संगै नेपालमा कुल संक्रमितहरुको संख्या ५सय ८४ जना पुगेको छ ।

पछील्लो पटक सार्वजनि गरिएको विवरण अनुसार सबै भन्दा बढि बांकेको नरैनापुर गाउंपालिकाका २७ जना रहनुभएको छ । नरैनापुर गाउंपालिका वडा नम्बर- ३ गेगली प्रा.बि. स्कुलको क्वारेन्टाइनमा रहेका मध्य १७ देखी ३२ बर्ष सम्मका १५ जना पुरुष, नरैनापुर गाउंपालिका कै महातनिया प्रा.बि.को क्वारेन्टाइनमा रहेका मध्य २२ देखी ५० बर्ष समूहका ६ जना र नरैनापुर मदरसाको क्वारेन्टाइनमा रहेका मध्य ६ जना गरि शनिबार अपरान्हको रिपोर्टमा २७ जना कोरोना सक्रमण भएको पाईएको हो ।

भेरी अस्पतलालमा परिक्षणको चाप बढे पछी दांगको राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानमा समेत गरिएको परिक्षणमा बांकेमा कोरोना संक्रमितहरु फेला परेको मन्त्रालयले प्रेस ब्रिफिंगमा जानकारी दिएको छ ।

त्यसै गरि सुदुरपश्चिको पहाडी जिल्ला बैतडीको शिवनाथ गाउंपालिकाका ४ जना ब्यक्तीको आरडिटि परिक्षणमा पोजेटिभ देखिएपछी सेती प्रादेशिक अस्पताल धनगढीमा पिसिआरबाट कोभिड–१९ परिक्षण गरिएकोमा २० देखी २७ बर्षका ४ जना पुरुषको पोजेटिभ भएको पाइएको हो ।
यसरी नै सुर्खेत स्थित प्रादेशिक अस्पतालमा कोरोना परिक्षण गर्दा १ जना ३२ बर्षिय महिला र ३६ बर्षिय २ जना पुरुष गरि ३ जनामा कोरोना पोजेटिभ पाइएको छ । बर्दियाको बढैयाताल गाउंपालकिा वडानम्बर ७ का १९ बर्षिय १ जना पुरुषमा पनि कोरोना संक्रमित भएको पाइएको हो ।

त्यसै गरि शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जारि गरेको प्रेस बिज्ञप्तीमा बिभिन्न ५ जिल्लाका ३२ जना सक्रमित संक्रमितहरु फेला परेको जानकारी दिनुभएको थियो । राष्ट्रिय प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा सर्लाही जिल्लाको गोडैता र कविलासीका १८ देखी ३५ बर्ष उमेर समूहका १३ जना र कपिलबस्तुको बाणगंगाका २७ बर्षिय १ जना महिला सहित १७ देखी ४२ बर्ष समूहका पुरुष गरि ८ जना रहेको जानकारी दिइएको थियो ।

त्यसै गरि बारा जिल्लाको करैमाइ गाउंपालिका १ जना ३७ बर्षिय महिला, काठमाण्डोंको ३५ र्षिय १ जना पुरुष , चितवनको भरतपुर- ६का ५२ बर्षिय पुरुष र रुपन्देही रोहीणी र गैडहवा गाउंपालिकाका २० देखी ५५ बर्ष उमेर समूहका ८ जना रहेको मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको हो ।

यसरी शनिबार बिहान र सांझको विवरण जोडेर एकै दिन ६८ जना कोरोना सक्रमितहरुको तथ्यांक सार्वजनिक भएको छ ।नेपालमा हाल सम्म ७७ जिल्ला मध्य ४० जिल्लामा कोरोनाको संक्रमण फैलिइसकेको छ भने यसबाट ५ सय ८४ जना संक्रमित भएको पाइएको छ ।

जसमध्य ५सय ५ जना पुरुष र ७९ जना महिला हुनुहुन्छ । पछील्लो पटक केही छिटफुट घटना बाहेक भारतबाट नेपाल आएका ब्यक्तीहरुको क्वारेन्टाइनमा राखेर परिक्षण गर्ने क्रममा कोरोना संक्रमितहरु भएको पाइने गरेको छ । नेपालमा संक्रमित मध्य हाल सम्म ७० जना उपचारपछी घर फर्किसक्नुभएको छ भने बांकी उपचाररत रहनुभएको छ ।