४ सय २६ नयां संक्रमित, ७४ जिल्लाका ८ हजार २ सय ७४ कोरोना पोजेटिभ

५ असार, नेपालगञ्ज/  नेपालमा कोरोना भाइरसका शुक्रबार थप नयाँ संक्रमितहरु ४ सय २६ जना फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ जनाको आरटि पिसिआर बिधिबार कोरोना परिक्षण गरिएकोमा त्यसमा संक्रमित ३ सय ३८ पुरुष र ८८ जना महिला रहेको जानकारी दिनुभएको छ । यो पछील्लो रिपोर्ट सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४  जना पुगेको छ ।

प्रवक्ता गौतमले गएको २४ घन्टामा २ सय १६ जना डिस्चार्ज भएको र यो संख्या सगै नेपालमा शुक्रबार सम्म १४ सय २ जना निको भएर घर फर्किसकेका छन ।

शुक्रबार सम्म नेपालमा आरटि पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ भने आरडीटी विधिबाट २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण गरिएको छ ।

शुक्रबार सम्मको रिपोर्ट अनुसार नेपालका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पताल तथा ठाउंहरुमा आइसोलेसनमा उपचाररत रहेका छन् ।

शुक्रबार सार्वजनिक गरिएका संक्रमितहरुको विवरण……

कैलाली ४९, कञ्चनपुर २०, डोटी १५, बैतडी ६८, अछाम ६, बझाङ ३, बाजुरा ८, डडेल्धुरा, अर्घाखाँची ६,नवलपरासी पश्चिम २, रुपन्देही २, गुल्मी ९४, बागलुङ ३२, पर्वत ५, म्याग्दी १,धादिङ १,स्याङ्जा ३, कास्की ८, तनहुँ १९ , चितवन १, नवलपरासी पूर्व ४, गोरखा ११, काठमाडौं ३, सिन्धुपाल्चोक २१, , मकवानपुर ८, उदयपुर २, सिन्धुली १, सर्लाही ११, सप्तरी ४, झापा १, मोरङ ३ जना रहेका छन ।

राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न बन्द

सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल बन्द गरेको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गते देखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।

सम्बन्धित शीर्षक