बुटवल-पाल्पा सडकमा यात्रा केही दिन उच्च जोखिम,सिद्धबाबा क्षेत्रमा पहिरो जाने क्रम जारी

१६ असोज,बुटवल/ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा अवरुद्ध सिद्धार्थ राजमार्गकाे सिद्धबाबा सडक एकतर्फी संचालनमा अाएको छ । रातभरी ५ वटा डोजर लगाएर बाटो  एकतर्फी खुलाएपनि पहिरोको जोखिम रहेकोले सडक जुनसुकै बेला पनि बन्द हुनसक्ने प्रहरी उपरिक्षक ज्ञवालीले जानकारी भएको छ । 

पहिरो लगातार खसिरहेको र जुनसुकै बेला ठुलो पहिरो जानसक्ने भएकाले  यात्रा अन्त्यन्तै जोखिमपुर्ण रहेकाले अत्यावश्यक काम नपरी नहिड्न र बैकल्पिक सडक प्रयोग गर्न  रुपन्देहीका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले बताउनु भएको छ  ।

ठूला-ठूला ढुंगा झर्ने भएकाले दुइतर्फी बाटो कहिले खुल्छ भन्ने पनि अनिश्चित बनेको पनि उहाँले जानकारी दिनुभयो । बर्खामामा हिलेपहिरो र हिउँदमा धुलेपहिरोको कारण पाल्पा-बुटवल सडक खण्डको सिद्धबाबा नजिक बर्षेनी धेरै जनाको ज्यान जाने गरेको छ ।

शनिबार दसैंको टिकाको दिनदेखि बन्द रहेको सडक आइतबार दिउसो देखि एकतर्फी खुलेको थियो । आइतबार राती फेरी ठुलो पहिरो झरेकोले  सडक अबरुद्ध बनेको थियो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा नजिक खसेको पहिरोले तिनाउ गाउपालिका ३ हेडबक्स भन्ने ठाउमा आइतबार राति ११ बजे खसेको पहिरोले बाटो अबरुद्ध भएको हो ।

बाटो खुलाउन बुटवल र पाल्पातर्फबाट ५ वटा डोजर प्रयोग भइरहेको छ ।