१० जेठ, काठमाडौं / नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आगामी असार तेस्रो साता साता काठमाडौंमा हुने भएको छ ।
महासंघको बुधबार बसेको बैठकले आगामी असार २२ र २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसपटकको महाधिवेशनको नारा ‘ब्यसायिक पत्रकारिताको आधार-प्रेस स्वतन्त्रता र श्रम अधिकार’ तय गरिएको छ ।
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशनमा करिब १३ हजारको सहभागीता रहनेछ । नुवाकोट, बारा, स्याङ्जा, सप्तरी, सिराहा जिल्लामा भने अधिवेशन हुन बाँकी छ ।
हाम्रो संरचना । १० जेष्ठ २०७४, बुधबार १६:५९