नेपालमा शुक्रबार थप ५९३ जना सहित ११ हजार ७५५ जना ब्यक्ती कोरोना संक्रमित

१२ असार, नेपालगञ्ज/ नेपालमा शुक्रबार थप ५ सय ९३ जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंहरुमा रहेका सरकारी ल्याबहरुमा गरिएको परिक्षणमा ७६ जिल्लाका १ सय ७ जना महिला र ४ सय ८६ जना पुरुष गरि ५ सय ९३ जनामा कोरोना संक्रमित भएको पाईएको छ ।

यो पछील्लो तथ्यांक संगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ । संक्रमित हुनुहुनेहरुमा १ हजार २ सय ४९ जना महिला र १० हजार ५ सय ६ जना पुरुष रहनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

शुक्रबार मात्र ४० पुरुष र ८ महिला गरेर ४८ जना डिस्चार्ज भएका छन् । हाल सम्म कोरोना संक्रमण निको भई  २ हजार ६ सय ९८ जना डिस्चार्ज हुनुभएको छ ।  शुक्रबारसम्म आरटिपीसीआर विधिबाट २ लाख ६ हजार २ सय ७१ र आरडीटी विधिबाट २ लाख ९० हजार ३ सय ४९ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमणबाट नेपालमा २७ जनाको मुत्यू

नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो । बिहीबार दाङमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएको हो । अन्दाजी २५/३० वर्षीया महिलालाई अचेत अवस्थामा भेटेर प्रहरीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । उनको स्वाब परीक्षण गर्दा शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनको परिचय नखुलेको र परिवारको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षक