नेपालमा शुक्रबार ७४० जना कोरोना संक्रमित थपिएर १५ हजार २ सय ५९ जना पुगे

१९ असार, नेपालगञ्ज/  नेपालमा थप ७ सय ४० जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंहरुमा रहेका ल्याबहरुमा ४ हजार ४ सय ८३ जनाको आरटिपिसिआर बिधिबाट परिक्षण गरिएकोमा ७ सय ४० जनामा कोरोना संक्रमित भएको पाईएको छ ।

यो पछील्लो तथ्यांक संगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या १५ हजार २ सय ५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् ।  कोरोना भाइरस संक्रमण मध्य शुक्रबार सम्म ६ हजार १ सय ४३ जना निको भएर घर फर्किएका छन ।

शुक्रबार काठमाण्डौं थप १ जनाको मुत्यू भएसंगै नेपालमा कोरोना बाट मुत्यू हुनेको संख्या ३२ पुगेको छ ।

हालसम्म जम्मा नेपालमा २ लाख ४२ हजार २ सय ४७ जनाको आरटिपीसीआर बिधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा १५ हजार २ सय १९ जना कोरोना पोजेटिभ केसहरु पाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

शुक्रबार नेपालका क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहनुभएको छ भने देशका बिभिन्न आइसोलेसनमा ९ हजार ८४ जना रहनुभएको छ ।

शुक्रबार कोरोना पोजेटिभ पाइएकाहरुको जिल्लागत फरक-फरक ल्याबमा परिक्षण गरिएको रिपोर्ट विवरण:

अछामका २३०, बैतडीका ४०, बाजुराका ४७, डोटीका २४, कञ्चनपुरका ४५, डडेलधुराका २८, बाजुराका ६, कैलालीका ५८, पर्वतका ३, तनहुँ ९, कास्कीका २ , बागलुङका १, उदयपुरका ५, झापाका २८ , मोरङका ५, सिरहा २४, सप्तरी ८, धनुषाका १६, महोत्तरीका ६, पर्साका १, नवलपरासीका १९, पर्साका १, चितवनका १, रौटहटका २९,  बझाङका १४, डोटी २३, कपिलवस्तुका ८, नवलपरासीका ९, सर्लाहीका १, सिन्धुपाल्चोकका १, पाल्पा १, सल्यानका ८, बर्दियाका १०, दैलेखका १२, दाङका ९, रोल्पा १, सुर्खेतका ६ र कालिकोट १ जना रहेका छन् ।