धारामा करेन्ट लागेर कोहलपुरमा १४ बर्षिय बालकको मुत्यू

२७ असार, कोहलपुर/  बांकेको कोहलपुर नगरपालिका वडा नम्बर १० ड्राइभर टोलमा १ जना १४ बर्ष  बालकको करेन्ट लागेर मुत्यू भएको छ ।
आफनै घरमा मोटरसंग जोडिएको धारा चलाउने क्रममा बालकलाई एक्कासी करेन्ट लागेर घाईते भएकोमा उपचारको लागि मेडिकल कलेज कोहलपुर तर्फ लैजाने क्रममा बाटोमा नै उक्त बालकको मुत्यू भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पानी परिरहेको समयमा करेन्टको प्रबाह थप सक्रिय भएर फैलिने भएकाले धारमा के कसरी करेन्ट लागेको प्रहरीले प्ररारम्भीक अनुसन्धान गरेको भए पनि  पानी परेको समयमा थप सजकता अपनाउन प्रहरीले अनुरोध समेत गरेको छ ।