कोहलपुर जग्गा काण्डका अभियुक्तलाई कार्बाही गर

बांकेको कोहलपुर स्थित पुर्व–पश्चिम राजमार्गमा जोडिएको करोडौंको जग्गा मिलेमतोमा सुकुम्बासीका नाममा हुकुमबासीलाई बितरण गरेको बिभिन्न समाचार संस्थाहरु मार्फत सार्वजनिक भएको छ ।

निर्णायक राजनितिक ब्यक्तीसंग पहुचका आधारमा सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला तथा केन्द्र सम्मका पद प्राप्त गर्ने र सर्वसाधरण जनतालाई जग्गाको आश देखाएर पैसा उठाउने र खाने जस्ता घटना बांकेमा बिगतमा उठने गरेकोमा, कोहलपुर जग्गा काण्ड घटनाले त्यस भित्रको थप कथा छर्लगै पारिदिएको छ ।

नेपाल सरकारले भुमिहिन किसानहरुलाई भुमिको मालिक बनाउन सुकुम्बासी समस्या समाधान आयोग मार्फत खेतीयोग्य उपयुक्त जमिन वा भोगचलन गरेको जग्गा आवश्यक प्रक्रिया पु–याएर जग्गाधनी बनाउने कार्य गदै आएको छ ।

बांकेमा पनि ततकालिन सरकारले जग्गा भोगचलन गरेको जग्गा वा भुमिहिन किसानहरुलाई सुकुम्बासी समस्या समाधान आयोग बांकेका नाममा थुप्रै ठाउंमा जग्गा बितरण गर्दे गइरहेकोमा ततकालिन अवस्थामा जग्गा बितरणमा विवाद भएपछी एकाएक रोकिएको थियो । उक्त जग्गा के-कसरी बाडिएको थियो भन्ने कुरा हाल आएर कोहलपुरको एउटा घटनाले उदांगो पारिदिएको हो ।

कोहलपुरको जग्गा सुकुम्बासी समस्या समाधान आयोगकै निर्णयबाट बिक्रम सम्वत २०५२ सालमा नेपाल प्रहरी र त्यस अन्तरगत संस्थाहरुले प्राप्त गरेको देखिन्छ । कोहलपुरको जग्गा नेपाल प्रहरीले प्राप्त गरेपछी जिल्ला मालपोत कार्यालय बांंकेमा गर्नुपर्ने प्रक्रिया र त्यसको रेखदेख र भोग चलनमा बेवास्ता गर्दा त्यसरी एक पटक बितरण गरिएको जग्गा समेत जग्गाका माफियाहरुको आंखा लागेको देखिन्छ ।

उक्त जग्गा हाल चर्चामा रहेका ततकालिन सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष समेत रहेका सन्तोष बस्नेत नाम गरेको ब्यक्ती अध्यक्ष रहेको समयमा बांकेमा थुप्रै जग्गामा त्यस्ता ब्यक्तीलाई बितरण सिफारिस गरेको घटनाक्रमले देखाएको छ ।

आयोगको जिल्ला कार्यालयले बास्तबिक सुकुम्बासीहरुको लगत बिवरण तयार गरि आयोगको केन्द्रीय समितिलाई सहि सूचना दिएर सहयोग गर्नुपर्नेमा प्रहरीले राजमार्ग गस्ती कार्यालयका लागि प्राप्त गरेको जग्गा आवश्यक नभएको र फिर्ता गर्ने भनी केन्द्रलाई सिफारिस गरि नेपाल प्रहरीले प्राप्त गरेको जग्गा फिर्ता गराएको देखिन्छ ।

यसरी नेपाल प्रहरीले प्राप्त गरेको जग्गा फिर्ता गराएर सुकुम्बासीको नाममा मिलेमतोमा आवश्यक कागजात मिलाएर हुकुमबासीहरुलाई समेत दिने गरि सिफारिस गर्ने ततकालिन सुकुम्बासी समस्या समाधान आयोगका बांकेका अध्यक्ष सन्तोष बस्नेत लगायतको सिफारिस टिमलाई सम्वन्धीत सरोकारवाला टिमले न्यायीक पक्रियामा ल्याएर आवश्यक छानबीन गरि दोषि ठहरियमा कडा भन्दा कडा कार्बाहीको भागेदारि बनाउनु पर्दछ ।

सुकुम्बासीका नाममा रातारात हुकुम्बासी बनाउने र  हुनेहरु, तिनका आसेपासेहरु लगायतका ब्यक्तीको सम्पूर्ण बिवरणहरु छानबीन गरि तिनि र तिनका तिन पुस्तेहरुको अभिलेख तयार गरि त्यस्ता वास्तबिक सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराईदिने नामममा सामाजिक हैसियत, जि हजुरी, देखी खानपान उठबस, आर्थिक मोलाहिजा लिने कथित ब्यक्तीलाई अभिलम्ब ततकाल नियन्त्रणमा लिएर छानबीन सुरुवात गर्नुपर्दछ ।

कोहलपुर जग्गाका काण्डमा हाल आंशंकित मुख्य ब्यक्तीहरु जग्गाको सिफारिस गर्ने ततकालिन आयोगका अध्यक्ष सन्तोस बस्नेत लगायतका सम्वन्धीत ब्यक्ती बाट प्रमाणहरु मेटाउन र शक्तीको दुरुपयोग गर्नसक्ने सम्भावनालाई नकार्न सकिदैन । कोहलपुर जग्गा काण्ड एउटा नमुना मात्र हो । ततकालिन समयमा बांके सुकुम्बासी समस्या समाधानको नाममा जग्गा बितरणको चलखेल  कोहलपुर जग्गा काण्डले उजागर गरेको छ ।

सुकुम्बासीका नाममा आर्थिक ,सामाजिक चलखेल छानबीनको दायरा फराकिलो बनाएर सम्वन्धीत निकायहरुले प्रमाण मेटाउन सक्ने ब्यक्तीलाई अभिलम्ब नियन्त्रणमा लिएर छानबीन गरि दोषिलाई  कानुन अनुसार कडा कन्दा कडा कार्बाही गर्नुपर्दछ । सुकुम्बासीका नाममा कमाउ धन्दामा पाइएमा जो कोही भएपनि नियन्त्रणमा लिएर कडा कार्बाही गरेर कानुनी राजको उपहास हुनबाट राज्यलाई जोगाउन सबै राष्ट्र सेवकहरुको दायित्व र कर्तब्य हो । यस्ता कमाउ धन्दामा लागेका ब्यक्तीहरुलाई कार्बाहीको दायरामा नल्याए आगामी दिनमा यस्तो शक्तीको दुरुपयोग गर्ने श्रृखला बढेर नजाला भन्न सकिदैन ।