महिला प्रहरीको टिलपिल झरेको आंसु, चुच्चे टोपीले छेक्दा……


# अनु आर्चाय #
१५ साउन, नेपालगञ्ज/  आंखाभरी आंसु…… त्यही आंखामा टिलपिल आइरहेको आंसु पनि टाउंकोमा लगाएको चुच्चे टापीले छोप्ने प्रयास गर्दै भिइन भरखर कि युवती हरिकलाले ।

हरिकला बुधबार सांझ नेपालगञ्जको धम्बोजी चौकको पश्चिम पटटीको प्रहरी बिट सगै रहेको पाइप लाइनको बारमा अडिएर आधा घोप्टो परेर  आंखाभरी आंसु टिलपिल पारेर आंसु झादै आफनो सहपाठी र आफुभन्दा माथील्लो सिनियर ब्यक्तीहरुलाई आफुमाथी भएको घटनाको बेली बिस्तार लाउदै रुइरहेकी थिइन ।

बुधबार सांझ करीब ६:२० बजे कोरोना बिरुद्धको जनचेतना कार्यक्रमका लागि धम्बोजी स्थित प्रहरी गुल्मबाट जन सुरक्षा लागि डिउटीमा खटिएकी ति महिला प्रहरी जवान हरिकला बि.क. आंखाबाट आंसु चुहाउदै डिउटी गरिहेकी थिईन ।

हरिकलाले आफनो आंखामा आएको आंसु अरुले देख्छ कि भन्दै नेपाल प्रहरीको टाउंकोमा लगाएको टोपी अगाढी सार्दै छोप्ने कोशिस गर्दे थिइन…… त्यत्तीकैमा कार्यक्रम अवलोकनका लागि केही पत्रकारहरु पनि उनि नजिकै थिए । पत्रकारले सुन्छ र देख्छ कि भनेर हरिकला लगाएको चुच्चे टोपी अगाढी सर्दै आंखामा आएको आंसु औलाले पुच्दै लुकाउने कोशिश गर्दै  थिइन ।

हरिकलाको आंसु टपटप चुइएको देखेपछी सोधीखोजी गर्दा हाकिमको डरले हरिकलाले घटनाबारे भन्न अनकनाइन ।  घटना बुझदै जांदा भरखरै महिला प्रहरी जवानमा जागिरे जिवन प्रबेश गरेकी ति हरिकला बि.क. ग्रामिण भेषभुषको रहनसहन र लवाई खवाईकी शहरी जिवनको लागि कोरो नै जस्तो देखिन्छीन ।

हरिकलाले मंगलबार नेपालगञ्जको नगरपालिकाको उत्तरपटटी ठेला लगाएर फलफुलको कारोबार गर्ने नेपालगञ्ज भटटी टोल क्षेत्र निवासी कैयूम राई भन्ने ब्यक्तीबाट १ दर्जन केरा किनेर लगिछन ।  केरा लगेर कोठामा गन्दा ११ वटा मात्र रहिछ । बुधबार डिउटीकै क्रममा बिपि चौकमा रहेको उक्त ठेलावालालाई हिजो केरा १ दर्जन भनेर ११ वटा मात्र दिनुभएछ भनेर हरिकलाले ब्यापारीलाई  यसरी ठग्न हुदैन भनेर के भन्न पाएकी थिइन एकलै भएको मौका पारेर उक्त ठेला ब्यापारीले तथानाम गालीगलौच देखी अभद्र ब्यवहार ……सम्म गरेछन । उक्त घटनाको साथीलाई जानकारी गराएपछी उक्त दुरब्यवहार गर्ने ब्यक्ती वडा प्रहरी कार्यालय नेपालगञ्जमा प्रहरीले समातेर लगेको हरिकलाले बताइन ।

वडा प्रहरी कार्यालयले पनि सोधपुछको क्रममा महिला प्रहरी जवानले १२ मध्य ११ वटा मात्र केरा दिएकोले अर्को खै भनी सोधेको र सो क्रममा कैयूम राईले त्यो केरा घरमा दिउ  कि तिमिलाई दिउ भनी  ठेला ब्यापारीले भनेपछी दुबै बीच बिवाद बढदै गएर प्रहरीसंगको केस प्रहरी समक्ष आइपुगेको जानकारी दिएको छ ।

केरा केसमा पक्राउ परेका कैयमु राईलाई वडा प्रहरी कार्यालय नेपालगञ्जले जिल्ला प्रहरी कार्यालय बांकेमा सुपुर्दगी गरेको छ भने जिल्ला प्रहरी कार्यालय बांकेको कानुनी परामर्श शाखा तथा सहायता कक्षले  महिला प्रहरी जवानमाथी अभद्र ब्यवहार गर्ने राईलाई छानबीन गरि कार्बाही प्रक्रियाको आवश्यक अनुसन्धान गरिरहेको छ ।