कोमल ह्रदय र सुन्दर मनकी धनी मनिषाको २३ औं जन्मउत्सव आश्रममा…..

 

२३ औं बर्ष गांठको अवसरमा निलसागर अशक्त: तथा जेष्ठ नागरिक सेवा आश्रममा मनिषा / तस्बिर उहांकै फेसबुकबाट लिइएको हो ।

१८ साउन, नेपालगञ्ज/  तन र धन केही होइन जब सम्म असल मन छैन भने । के गर्नु सुन… के गर्नु धन, दैबले चुडेको…..सांच्चिकै मार्मिक छ, मुनामदनमा महाकबि लक्ष्मीप्रसाद देवकोटा लेख्नुभएको यी हरफ । त्यसैले भनिन्छ, सबै चिज मनै त हो । एकै छिनमा भुरुररर उडेर कता–कता पुग्छ यो मन, अनि एकै छिनमा आफुसगै हुन्छ यो मन । यो घुमिरहने मनलाई नियन्त्रणमा राखेर सहि ठाउंमा सदुपयोग गर्नसक्नु नै आफुलाई असल र सफल बनाउनु हो ।

यो रंगिन संसारमा मनै रहिछ सबै चिज, सुख दुख:को अनुभुती गर्ने, एकै छिनमा खुशि हुने, एकै छिनमा हांस्ने–हसाउने देखी अरुको भलो चाहने, अरुलाई हंसाउन सके आफनो मन हांस्ने । यस्तै मनहरुको खडेरी परिरहेको समयमा नेपालगञ्जमा साच्चीकै ब्यवहारिकरुपमा नै उदाहरणिय मन लिएर उदाउनुभएको छ भरखरै २३ बर्षमा टेक्नु भएकी मनिषा पन्थी ।

धेरैले नचिने पनि नेपालगञ्जको स्वास्थ्य क्षेत्रमा चिर–परिचित र उदाहरणिय नाम हो मनिषा पन्थी । कोमल ह्रदय कि धनी मनिशा अन्तराष्ट्रिय महिलाहरुको भन्दा पनि नेपाल कै असल महिलाको रुपमा स्थापित अनुराधा कोइरालाका बिचारहरुबाट सानै देखी अलिबढी प्रभाबित हुनुहुन्छ । मनिषा रुपले जती सुन्दर हुनुहुन्छ त्यो भन्दा धनि सुन्दर मन र कोमल हातहरुको कर्मबाट हुनुहुन्छ ।  आफुले सकेसम्म निस्वार्थ र खुशि मनले आफूसँग भएको  ज्ञान सिप र अनुभव अरुको सेवाभावमा लगाएर पाएको सन्तुष्टी अन्य कुनै चिज र बस्तुहरुले आफुलाई छुन नसक्ने बिचार छ मनिषामा ।

नेपालगञ्ज मेडिकल कलेजमा स्टाफ नर्सको रुपमा कार्यरत मनिषा आफनो जागिरे जिम्मेवारी मात्र नभएर साच्चीकै सेवाभावले ओतपोत भएको कोमल हातहरुले भित्रि मनै देखी सहकर्मिहरुसंग पनि उच्च सम्मान र असल ब्यवहार गर्ने साथीको रुपमा चिनिनु हुन्छ, भने आफनो जिम्मेवारी निभाउनेमा कुनै कसर बांकी राख्नु हुन्न । आफनो कर्म र ब्यवहारले सधै अरुलाइ खुशि होउन भन्ने भित्रि चाहना बोकेर अरुलई ब्यवहार गर्ने मनिषाले यस पटकको आफनो २३ औ जन्मउत्सव नेपालगञ्जको बांकेगाउंमा रहेको बृद्ध आश्रममा सेवा गदै बिताउनु भयो ।

निलसागर अशक्त: तथा जेष्ठ नागरिक सेवा आश्रममा  बर्थ डे केक काटनुका साथै आश्रममा रहनुभएका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य चेकजांच गर्दै मनिषा….

 

सेवा गर्नु नै धर्म हो भन्ने सेवा भाव बोकेका ब्यक्तीहरुले नेपालगञ्जको बिभिन्न ठाउंहरुमा बिरालाले बच्चा सारेको झै, डेरा सादै आफनो पकेटको खर्चले समेत सञ्चालन गदै आएको निलसागर अशक्त: तथा जेष्ठ नागरिक सेवा आश्रममा मनिषा आफनो बर्थ डे केक पनि आश्रमकै एक बृद्ध महिलाको हातबाट काटन लगाएर बत्ती आश्रमकै एक जना पुरुषबाट बाल्न लगाएर मनाउनु भएको छ ।

आफनो खुशि अरुहरुसंग साटन रुचाउने मनिषा कहिल्य काहि भावुक पनि हुनेगरेको अनुभव बताउनु हुन्छ । रुदा एक्लै एकान्त आंसु चुहाउने र हांस्दा संसार हसाउने बानी मनिषाको बिचारमा मानव भएर जन्मिसकेपछी आफु जन्मिएको ठाउं र कर्म गर्ने क्षेत्रमा केही न केही सकारात्मक छाप र योगदान दिन कोशिस गरिहनुपर्ने बताउनुहुन्छ ।

आश्रममा आएर मनिषाले आफनो योग्यता र क्षमताले भ्याए सम्म सबैको स्वाथ्य जांचका गर्नुका साथै आश्रमका सबैलाई आफनै हातले पस्किएर मिठो भोजन खुवाउनु भएको छ । मनिषा, किनकी किताबी ज्ञान भन्दा ब्यवहारिक ज्ञानले मानिसलाई  एक आदर्श नागरिकको रुपमा स्थापित गर्ने मान्यता छ  ।

मनिषाका मानव सेवामा तल्लीन रहदाका केही झलक तस्विरहरु:-

बिभिन्न ठाउंमा गरिएको निशुल्क स्वास्थ्य शिबिरमा साथीहरुको साथमा मनिषा
स्कुलमा किशोरीहरुलाई मेन्सुरेन्स तथा अन्य स्वाथ्य शिक्षा दिनेक्रममा साथीहरुको साथमा मनिषा

मेडिकल कलेजमा स्टाफ नर्सको जिम्मेवारीका साथै मनिशा सामाजिक कार्यमा पनि तेत्तिकै सक्रिय हुनुहुन्छ । समय मिलाएर हाई स्कूलहरुमा अध्ययनरत  किशोरीहरुलाई निशुल्करुपमा किशोरी स्वास्थ्य शिक्षा दिन हिडिहाल्नु हुन्छ । कतिपय मेडिकल कलेजकै ब्यानरमा त कतिपय स्थानिय बिभिन्न सामाजिक संघ/ संस्थाको आयोजनामा निशुल्क सेवा गर्न अग्रसर हुने नाम हो मनिषा।
रक्त दान कार्यक्रम देखी किशोरीहरुमा आइपर्ने मिन्सुरेन्स टाइममा आईपर्ने बिभिन्न समस्याहरु देखी  अन्य स्वास्थ्य सम्वन्धी ज्ञान बाडदै हिडने नाम लिनुपर्दा किशोरीहरु बीच चर्चित नाम बनेको छ मनिषा म्यामको ।

त्यती मात्र होइन सहकर्मि र डाक्टहरुसगै गाउ–गाउंमा हाल बिश्वलाई नै त्राहि –त्राहि पारेको कोभिड–१९ को जानकारी, यसको असर प्रभाव र बच्ने तरिकाहरुका बिषयमा ब्यवहारिकरुपमै जनचेतना जगाउदै सबै भन्दा अगाढी लाइनमा लाग्ने नाम बनेको छ उहांको ।

कोरोना सम्वन्धी ग्रामिण क्षेत्रमा जनचेतना फैलाउदै साथीहरुको साथमा मनिषा

मनिषाका मानव सेवामा तल्लीन रहदाका केही झलक तस्विरहरु:-

आफुले जे काम गर्नुहुन्छ त्यो काम आनन्द र खुशि मनले अगाढी सर्ने स्टाफ नर्स मनिशा महिनामा १ पटक भए पनि केही अवसर पारेर आफना नजिकका साथीभाईहरुसगै बिताउदा आत्मियता गाढा भइराक्ने अनुभव बताउनुहुने मनिशाले, हरेक ब्यक्तीको खुशिमा परिवारका हरेक सदस्यहरुको उत्तिकै साथ र सहयोग जरुरी हुन्छ भने, खुशि मनले गरिएका कामहरु परिणाम सधै सकारात्मक हुने बताउनु हुन्छ ।