नेपालमा कोरोना अफडेट: संक्रमित १३,५६४ जना, आइसोलेसनमा १०,३४१, क्वारेन्टाइनमा ५३ हजार ७०, डिस चार्ज ३,१९४

१६ असार, नेपालगञ्ज/  नेपालमा थप ३ सय १६ जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न २२ ठाउंहरुमा रहेका ल्याबहरुमा ४ हजार ७ सय ११ जनाको आरटिपिसिआर बिधिबाट परिक्षण गरिएकोमा  ७१ जना महिला र २ सय ४५ जना पुरुष गरि ३ सय १६ जनामा कोरोना संक्रमित भएको पाईएको छ ।

यो पछील्लो तथ्यांक संगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या १ हजार ६ सय ५७ जना महिला र ११ हजार ९ सय ७ जना पुरुष गरि कुल १३ हजार ५ सय ६४ जना पुगेको छ ।

हाल नेपालका बिभिन्न क्यारेन्टाइनमा ५३ हजार ७० जना र आइसोलेसनमा १० हजार ३ सय ४१ रहनुभएको छ । आज मंगलबार ९ जना महिला र ५१ जना पुरुष गरि ६० जना डिस चार्ज हुनुभएको छ । हाल सम्म २७७ जना महिला र २ हजार ९ सय १७ पूरुष गरि ३ हजार १ सय ९४ कोरोना जितेर घर फर्किनुभएको छ भने २९ जनाको निधन भएको छ ।

आज मंगलबार संक्रमित हुनेहरुमा  अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५, सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९ जना रहेका छन् ।