हाम्रो संरचना बुधबार, अशोज १४, २०७७ 189 Views

२९ भदौ, नेपालगञ्ज/ कोरोना संक्रमित ब्यक्तीहरुमा जटिल लक्षण सहितका बिरामीहरुको संख्या बांकेमा बढदै गईरहेकोले अस्पतालमा उपचारका लागि बेडहरुको समस्या उत्पन्न हुन नदिन थप २५० बेडको ब्यवस्थापन गर्न नेपाल सरकारले बांके कोरोना संक्रमण ब्यवस्थापन केन्द्रलाई निर्देशन गरेको छ ।

बांकेमा कोरोना संक्रमणको पछील्लो अवस्थालाई नजिकबाट नियाली रहेको संघिय सरकार र प्रदेश नम्बर ५ को सरकारले बांकेमा पछील्लो अवस्थाको स्थलगत अध्ययन र सम्वन्धीत पक्षको रिपोटिंग पछी बांकेमा कोरोनाको सम्भाबित जोखिमको समेत आकल गरि थप २५० बेडको चिकित्सा सेवा सहितको आइसोलेसन बेडको ब्यवस्थापन गर्न निर्देशन गरेको हो ।

गत शनिबार प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालको नेतृत्वमा नेपालगञ्ज आएको ५ नम्बर प्रदेशको प्रतिनिधि टोलीले नेपालगञ्जमा रहेको भेरी अस्पतालमा १०० बेडको बिस्तार हुने गरि कोभिड अस्पतालको उदघाटन गरि बांकेमा कोरोना संक्रमणको स्थलगत अध्ययन भ्रमण गरि बांकेको कोभिड ब्यवस्थापन टिम, बिभिन्न जनप्रतिनिधिहरुसंग छलफल गरि फर्किएको थियो ।

उक्त भ्रमणको क्रममा बांकेमा कोरोना संक्रमितहरु होटेलमा बस्नु पर्ने बाध्यता लगायत हाल सम्म कोरोना परिक्षणको लागि ल्याब परिक्षणका लागि आवश्यक किटको उपलब्धता, आइसोलेसनको ब्यवस्थापन, भेरी अस्पतालमा कम्तीमा १०० बेडको कोरोना बिशेष अस्पतालका लागि आवश्यक ब्यवस्थापनका बिषयमा मन्त्री बराल समक्ष रिपोटिंग गरिएकोमा मन्त्री बरालले आवश्यक ठाउंमा समन्वय गरि ततकाल थप २५० जना क्षमताको स्तरिय आइसोलसन बेडहरु निमांण गर्न निर्देशन दिदै त्यसको लागि प्रदेश सरकारले बजेटको ब्यवस्थापन लगायतको काम गरिसकेको बांके कोरोना सक्रमण ब्यवस्थापन टिमका प्रमुख समेत रहनुभएका बांकेका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

बांकेकमा कोरोना हाल संक्रमित गम्भीर संकेत सहितको बिरामीहरुलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा ५० वटा बेडको ब्यवस्थापन गरिएकोमा २६ जना महिला र २५ जना पुरुषहरु गरि ५१ जनाको हाल उपचार भइरहेको छ ।

त्यसैगरि मेडिकल कलेज नेपालगञ्जमा २५ बेड कोरोनाका गम्भीर बिरामीका लागि ब्यवस्थापन गरिएकोमा १४ जना महिला र १४ जना पुरुष गरि २८ जनाको उपचार भइरहेको छ ।

कोहलपुर स्थित मेडिकल कलेजमा कोरोना संक्रमित गम्भीर बिरामीका लागि प्रदेश ५, ६ र ७ बाट समेत गम्भीर बिरामी आउनसक्ने भन्दै १०० बेडको ब्यवस्थापन गरिएकोमा हाल १९ जना महिला र ४६ जना पुरुषको गरि ६५ जनाको अस्पतालले छुटटयाउको बेडमा उपचार भइरहेको छ ।

बांकेको खजुरामा रहेको शुशिल कोइराला क्यान्सर अस्पतालमा खजुरा गाउपालिकाको संक्रियतामा ५० बेडको कोरोनाका बिरामीहरुको उपचारको लागि बेडहरु ब्यवस्थापन गरिएकोमा सोमबार सम्म १६ जना महिला र १८ जना पुरुष गरि ३४ जनाआइसोलेसनमा रहनुभएको छ । खजुरा अस्पताललाई हाल आइसोलेसज सेन्टरको रुपमा मात्र प्रयोग गरिएको छ ।

यसरी हालसम्मको तथ्यांकले नेपालगञ्जको मेडिकल कलेज र भेरीमा कोरोनाका बिरामीहरुको उपचारका लागि बेडहरुको समस्या देखिएकोले थप ब्यवस्थापन गर्नुपर्ने बांके स्थित कोरोना संकट ब्यवस्थापन समितिले जनाएको छ ।

समितिले जारि गरेको रिपोट अनुसार खजुरा र कोहलपुरमा केही बेडसंख्या बांकी रहेपनि पछील्लो पटक बिरामी भएपछी मात्र कोरोना संक्रमणका बिरामीहरुले चेकजांज गर्ने भएकाले थप बेडहरुको आवश्यक्ता पर्ने जनाएको छ ।

बांके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना संक्रमितका गम्भीर बिरामीको सख्या पनि बढदै गइरहेकाले अस्पतालमा थप बेडको आवश्यक्ता पर्ने त्यसका लागि भेरी अस्पताल र मेडिकल कलेजमा डाक्टरहरुको परामर्शमा भेन्टीलेटर सहितको उपचारका लागि बिरामी राख्ने अन्य साधरण बिरामीहरुलाई स्वास्थ्यकर्मिहरुको रेखदेखमा अन्यत्र ब्यवस्थापन  गर्न लागिरहेको जानकारी दिनुभएको छ ।

कोरोना संक्रमित भएका तर बिरामी नभएकाहरुका हकमा भने बिभिन्न निजि होटेलहरुमा प्रिपेड तथा केही ठाउंहरुमा आइसोलेसन सेन्टर निर्माण गरि ब्यवस्थापन गरिदै आएकोमा सर्वसाधरणहरुलाई आर्थिक भार परिरहेकोले त्यसका लागि होटेलबाट ततकाल अन्यत्र ब्यवस्थापन गर्नका लागि थप २५० बेडको स्तरिय आइसोलेसन सेन्टर निर्माणको लागि आफुहरु लागिरहेको जानकारी दिनुभएको छ ।

बांकेमा कोरोना संक्रमितहरु राख्ने आइसोलेसन सेन्टरमा ७८६ जना राख्न सक्ने बेड सख्या भएपनि गम्भीर खालका बिरामीका लागि अस्पतालमा उपचार लागि छुटयाइएको बेडहरु भने बिरामीले भरीएको त्यसको बिकल्पमा थप २५० बेड निर्माण गर्ने गरि टिम अगाढी बढीरहेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

बांकेमा सोमबार सम्म १४० जना महिला र २९६ जना पुरुष गरि ४ सय ३६ जना कोरोना संक्रमितहरु बिभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा रहनुभएकोमा सोमबार ४० जना डिसचार्ज हुनुभएको छ ।