कालिकोटको ताडी-घटाली गाउंका सबै बासिन्दामा कडाखालको भाइरल ज्वरो, गम्भीर १३ बिरामी जिल्ला अस्पतालमा भर्ना, सुर्खेतबाट १ ट्रक औषधि पठाइयो,रोगको नमुना परिक्षण काठमाण्डौंमा हुदै

८ माघ,घटाली गाउँ (कालिकोट) / बिगत २ साता अघि देखि कालिकोटको खांडाचक्रमा फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिनथालेपछी आइतबार बिरामीबाट रोगको किटाण्नु पहिचानका लागी संकलित नमुना परीक्षणका लागि काठमाडौं स्थित प्रयोगमा पठाइएको छ ।

महामारी फैलिएको कालिकोट जिल्लाको सदरमुकाम खाडाचक्र नगरपालीका वडा नम्बर ४ ताडी-घटाली गाउँ क्षेञका ४ बालबालिका र २ वयस्क गरी ६ बिरामीको घाँटीको पानी संकलन गरी काठमाडौं पठाइएको छ ।

खाडाचक्र नगरपाल्किाको वडा नम्बर २ र ४ का स्थानिय बिरामीहरुबाट गम्भीर अवस्थामा रहेका ६ जनाबाट नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला जन स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलीले बताउनु भएको छ ।
अलीले भन्नु भयो ‘महामारीले चर्को रूप लिएको बस्तीका ६ जनाको स्याम्पल पठाएका छौ । ‘गाडीमार्फत सुर्खेत पठाइएको र त्यहाँबाट विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले काठमाडौं लैजाने गरि ब्यवस्था मिलाइएको पनि जानकारी दिनुभएको छ ।

बिरामीबाट संकलित नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएपछि मात्र रोगका बारेमा यकिन हुने जनस्वास्थ्य प्रमुख अलीले बताउनु भयो । बिरामीमा देखिएको लक्षणका आधारमा जिल्ला स्वास्थ्यले कडा खालको भाइरल ज्वरो भएको अनुमान गरेको छ ।

रोग फैलिएपछि कालिकोट उक्त क्षेत्रका विद्यालय पनि बिद्यार्थिहरु आउन छोडेका छन । स्थानीय जनजीवन मावि र नवज्योति आधारभूत विद्यालयमा दलित बस्तीका अधिकांश बालबालिका विद्यालय नआएको शिक्षक भीमप्रसाद पाण्डेले बताउनु भयो । रोग रोक थामका लागी गाउँमा २ सय मास्क वितरण गरिएको छ ।

रोगबाट खाडाचक्र वडा नम्बर ४ ताडी-घटाली गाउँमा सबैभन्दा बढी बिरामी छन् । त्यहाँका सबैघरमा बिरामी भएको वडा सदस्य जय विश्वकर्माले जानकारी गराउनु भएको छ ।
आइतबार बिहान जिल्ला स्वास्थ्य प्रमुख डा. अली, अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बहादुर सिंह सहित टोली खाडाचक्र वडा नम्बर ४ ताडी घटाली गाउँमा पुग्दा हरेक घरका कुनै न कुनै सदस्य ज्वरोले सुतेका भेटटाएको जानकारी दिनुभएको छ ।

१० दिनदेखि ज्वरो आएर उठ्न नसकेको ५९ वर्षीय मनसरे विश्वकर्माले भन्नु भयो ‘मेरो घरमा त कोही सद्दे छैनन् । ९ जनाको जहान सबै ढलेका छौं । घटाली गाउँमा डाक्टर पुगेपछि बिस्तारै जम्मा भएका सबैजसो बालबालिका, महिला तथा वृद्धवृद्धा खोकिरहेका थिए ।

गाउँ पुगेको टोलीले केही बिरामीलाई औषधि वितरण गरेको छ भने गम्भीर भएकालाई बोकाएर जिल्ला अस्पताल मान्म ल्याउन लगाएको छ । जिल्ला अस्पताल पुर्‍याइएका १९ बिरामीमध्ये १३ जनालाई भर्ना गरिएको छ ।

खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिकासहित ५ को मृत्यु भएपछि शनिबार खटिएको दुई स्वास्थ्य टोलीले टोल–टोलमा गएर बिरामी पहिचान गरेको थियो । निमित्त प्रजिअ राजकुमार दुलालले क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतबाट कालिकोटका लागि एक ट्रक औषधि पठाइएको बताए । 

यसैबीच, आइतबार बेलुकी जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठक बसी महामारी नियन्त्रणका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी परिचालन गर्ने र थप जनशक्तिका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरका सञ्चार माध्यमले सन्देशमूलक सचेतना प्रसारण गर्ने र सबै निकायले समन्वय गरेर महामारी नियन्त्रणमा सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो रोग भाइरसबाट हुने र एक अर्कामा सर्ने भएकाले रोगीले प्रयोग गरेका समानहरु अरुले नचलाउने र रोगको किटाणु सर्नबाट बच्ने उपायहरु अवलम्बन गनुपर्ने स्वास्थ्य कर्मिहरुले बताएका छन । कालीकोटबाट कान्तीपुरमा कार्यरत पत्रकारहरु तुलाराम पाण्डेको समेत सहयोगमा