सुर्खेत गाई हत्या काण्ड: नेपालगञ्ज उप–महानगरपालिका १० जना कर्मचारीलाई कैद फैसला

 

१६ माघ, नेपालगञ्ज/   सुर्खेतको कटकुवा क्षेत्रमा गाई गोरु मुत्यू घटनामा अभियोग लागेका नेपालगञ्ज उप–महानगरपालिकाका बिभिन्न पद तथा जिम्मेवारीमा रहेका १० जना ब्यक्तीहरुलाई जिल्ला अदालत सुर्खेतले बिहिबार कैद फैसला गरेको छ ।

गाईगोरुको मुत्यू घटनामा अभियुक्त ठहर गदै मुद्धा चलाईएका १७ जनामा ७ जना ट्रान्सपोटसंग सम्वन्धीत ब्यक्तीहरुलाई जिल्ला अदालत सुर्खेतले सफाई दिएको छ ।  मुद्धा नचलाउने क्षेत्र अधिकारको प्रयोग गदै जिल्ला सरकारी वकीलको कार्यालयले उक्त घटनामा  प्ररारम्भीक रुपमा प्रहरीले अभियुक्त ठानी मुद्धा अगाढी बढाईएका नेपालगञ्ज उप–महानगरपालिकाका ठुला र जिम्मेवार ब्यक्तीहरुको मुद्धा फिर्ता गरेको थियो ।

भारततिरबाट नेपाल आउने गरेका छरुवा गाईगोरुहरु नेपालगञ्ज शहरका सडक तथा गल्लीहरुमा छयाप छयाप्ती भएर सडक दुर्घटना बढेर मानिसहरुको ज्यान समेत जान थालेपछी नेपालगञ्ज उप–महानगरपालिकाले ति छरुवा गाई तथा गोरुहरु सुर्खेतको कटकुवा क्षेत्रमा लगेको थियो ।
सुर्खेतको बीरेन्द्रनगर नजिकै कटकुवा,सुब्बाकुना र ब्यूरेनी भन्ने क्षेत्र सडक आसपासको जंगल क्षेत्रमा ३७ वटा गाईगोरुहरु मुत्यू भेटिएपछी जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटना गौ हत्या सम्वन्धी सरकारबादी मुद्धा बनाएर घटनामा संलग्न ब्यक्तीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याएको थियो ।

नेपालगञ्ज उप–महानगरपालिकाले गाईगोरुहरु शहरबाट बिस्थापित गर्ने उदेश्यले नेपालगञ्ज स्थित गुडस क्यारियर टान्सपोट कम्पनी मार्फत ट्रकहरु भाडामा लिएर २९१ वटा गाईगोरुहरु सुर्खेत तर्फ लगेको थियो ।

प्रहरीले उक्त गाईगोरु नेपालगञ्जबाट सुर्खेत तर्फ ब्यवस्थापन गर्ने कार्यमा प्रत्यक्ष संलग्न प्रशासनिक ब्यक्तीहरुलाई समेत बिपक्षी बनाई जिल्ला सरकारी वकीलको कार्यालयमा पेश गरेकोमा जिल्ला सरकारी वकील कार्यालयले ति सरकारी ठुला पोष्टका ब्यक्तीहरुलाई मुद्धा नचलाउने भन्दै फाइल प्रहरीकोमा फिर्ता गरिदिएको थियो ।

गाईगोरु सुर्खेत तर्फ लैजाने ट्रक चालक तिनका सहयोगी र नेपालगञ्ज उप–महानगरपालिकाका साना पोष्टका कर्मचारीहरुलाई भने प्रहरीले मुद्धा चलाएकोमा जिल्ला अदालत सुर्खेतले ट्रक र ट्रक चालक बेकसुर रहेको र नेपालगञ्ज उप–महानगरपालिकाका कर्मचारीहरु कसुर रहेको फैसला गदै सजाए तोकेको छ ।

सुर्खेत जिल्ला अदालतको फैसलाले गाईगोरुहरुको मुत्यू हुनुमा घटनाको केही समय अघि मात्र नेपालगञ्ज उप–महानगरपालिकाबाट नगर प्रहरीको निरिक्षक पदमा बहाली भएका सूर्य बोगटीलाई सबै भन्दा बढी कसुरदार ठहर गरि अदालतले १ बर्ष ६ महिना कैद फैसला गरेको छ ।
त्यसै गरी नगर प्रहरीको सहायक बिकास गौतम १ बर्ष, नगर प्रहरी कमल बयक, सुर्वण तारामी, सुशान्त शाही, चन्द्र बशादुर रानालाई ६/६ महिना, नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउस इन्चार्ज पवन कनोजियनलाई ५ महिना, कान्जी हाउस मुखिया राकेश भारती, सहयोगी धर्मेन्द्र नेपाली र फायर म्यान कमल थापालाई ३/३ महिनाको कैद फैसला गरेको छ ।

जिल्ला अदालत सुर्खेतले गरेको फैसाला माथी चित्त नबुझेमा उपरोक्त ब्यक्तीहरुले उच्च अदालत हुदै सवोच्च अदालत सम्म समेत फैसला माथ िपुर्नबिचारका लागि अपिल गर्नसक्ने कानुनी पाटो रहेको छ ।

पशुको हकमा नेपालमै पहिलो पटक एकै पटक यती धेरै मानिसलाई सजाए तोकिएको नेपालको इतिहासमै सम्भवत पहिलो हो । कैद सजाए तोकिएका ब्यक्तीहरुले भने यस अघि नै आफुहरु सामान्य कर्मचारी रहेकोले गाईगोरुहरु आदेश बमोजिम ब्यवस्थापन गर्न सुर्खेत तर्फ लगेको र ट्रकमा कोचाकोच गरेर लग्दा आपसमा ठोक्किएर निसासिएर मुत्यू भएको बताउने गर्नुभएको थियो ।