बर्दियाको काठ बाँकेको रिमझिम चोकबाट बरामद

२४ कार्तिक, नेपालगञ्ज / बर्दियाको बढैयाताल गाउपालिका वडा नं. २ जमुनीबाट नेपालगञ्ज ल्याउँदै गरेको अबैध काठ राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहले बरामद गरेको छ । 

बडैयाताल बाट ल्याउदै गरेको उक्त काठ बाँके खजुरा गाउँपालिका २ रिमझिम चोकबाट ससस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठ ट्याक्टरमा इट्टाको बिचमा लुकाएर ल्याउँदै गरेको सुचनाको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी जमुनाहका सशस्त्र प्रहरी नायब निरीक्षक दोर्णबहादुर बुढाले जानकारी दिनुभयो ।

काठ र ट्याक्टर जिल्ला बन कार्यालयमा बुझाइएको उहाँले बताउनु भयो । बरामद गरिएको २८ दशमलव २१ क्यूफिट काठ १ लाख ४० हजार मुल्य बराबर रहेको जिल्ला बन कार्यालय बाँकेले जनाएको छ ।