रोल्पामा ५ किलो १ सय ग्राम अफिम सहित २ जना पक्राउ

२३ फागुन, नेपालगञ्ज/ रोल्पा प्रहरीले घर भित्र लुकाई राखेको ५ किलो १०० ग्राम अवैध लागु औषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ ।

रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं.३ मिरुल- सेमसार बस्ने बर्ष ३८ को रामधन बुढाको घरमा खानतलासी गर्ने क्रममा भित्र लुकाई राखेको अवस्थामा हरियो रंगको प्लाष्टिगक बोरा भित्र सेतो, रातो रंगको प्लाष्टिककमा बाँधी १३ वटा पोका बनाई प्लाष्टिक सहित तौल गर्दा ५ किलो १०० ग्राम, ढक, स्टिलको भाँडा सहितको तराजु समेत फेला पारी बरामद हुन आएको
रोल्पा प्रहरीले जनाएको छ।

सम्बन्धित शीर्षक