बर्दियामा नरभक्षी बाघ समात्न टोली सफल

४ चैत्र, नेपालगञ्ज/  बर्दियामा बाघको आक्रमण बढ्न थालेपछि बाघ समात्न टोली परिचालन गरि बर्दिया राष्ट्रिय निकुञ्जको बाघ नियन्त्रण टोलीले गेरुवा गाउँ पालिका ४ डोङ्ग्पुर सामुदायिक नर्सरी, राजिपुरबाट बयस्क भाले पाटेबाघ  नियन्त्रणमा लिएको छ  ।

बर्दियाको गोला, खाता क्षेत्रमा ६ वटा हाती, २/ २ जना पशु प्राविधिक, वन्यजन्तु एम्बुलेन्स, खोरसहितको ट्रक,संरक्षण भ्यान, परिचालन गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष एन्टीएनसी बर्दियाका कार्यालय प्रमुख रविन कडरियाका अनुसार विशेष टीमका साथै नेपाली सेना, वनको टोली र स्थानीयलाई पनि परिचालन गरिएको छ ।

बाघको आक्रमणले साउन यता मात्र ९ जनाको ज्यान लिइ सकेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले आजदेखी अर्को सूचना जारी नभएसम्म निकुञ्ज क्षेत्रमा पैदल जंगल घुम्नसमेत निषेध गरेको छ ।