होली मिलन रंगमा भंग: प्यूठान,गुल्मी र बाग्लुंगको सिमा क्षेत्रमा युवाहरु बीच भडप, कम्तीमा २ जनाको मुत्यू

१६ चैत्र, नेपालगञ्ज/ पहाडी क्षेत्रमा होलीको रौनक चलिरहेको समयमा प्यूठान,गुल्मी र बाग्लुंगको सिमा क्षेत्रमा पर्ने बांगलुंग जिल्लाको बडिगाड गाउंपालिका वडानम्बर १० दर्लिङ र निसीखोला गाउँपालिका वडानम्बर ७ राजकुतका युवाहरु बीच आईतबार अपरान्ह बल्देधुरी भन्ने ठाउंमा झडप हुदा २ जनाको मुत्यू भएको छ ।

होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरे भीरबाट खसेर स्थानिय ३६ वर्षीय प्रकाश कुँबर र ३४ वर्षीय दिपक दमाइ नाम गरेका ब्यक्तीको मुत्यूभएको घटना स्थल पुगेको प्रहरीले जानकारी दिएको बांगलुंगका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनु भएको छ ।

प्युठान, गुल्मी र बागलुङ जिल्लाको सिमानामा पर्ने  बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडानम्बर १० दर्लिङमा  लागेको होली मिलन तथा जमघटको क्रममा भेला भएका युवाबीच झडपमा मानव क्षती भएको स्थानिय बासिन्दाले पनि जानकारी दिनुभएको छ ।

घटना भएको स्थलका बांग्लुग बडिगाँड गाउँपालिका वडानम्बर ९ का वडा अध्यक्ष कृष्णबहादुर खत्रीका अनुसार दर्लिङको बल्देधुरीमा दुई युवा समूह बीच झडप हुँदा केही हताहती भएको जानकारी पाएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बांग्लुगका प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले घटनास्थलमा २ जनाको शव बल्देधुरी भीरबाट करीब ५०० मिटर तल खसेको अवस्थामा भेटिएको जानकारी दिनुभएको छ।

स्थानीय वासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका वडानम्बर ७ र बडिगाड गाउंपालिका वडानम्बर १० का केही युवा सम्पर्क बिहिन अवस्थामा रहेको जानकारी दिएका छन।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन्। घटनास्थल बांग्लुंगको सदरमुकाम देखी करीब १ सय किमि पश्चिम दक्षिणमा पर्छ । आइतबार दिउँसो घटना भए पनि बेलुकी ९ बजेमात्र प्रहरी घटनास्थल पुगेको हो । घटनामा भागा-भाग भएका १५ जना सम्पर्क बिहन रहेको स्थानियलाई उधृत गदै घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको छ ।