नदिजन्य पदार्थको स्टक प्रमाणित गर्न नपाईने : के–के छ कानुनी ब्यवस्था (कार्यबिधि ऐन समेत)

 

४ साउन, नेपालगञ्ज/ बांकेको डडुवा र राप्ती सोनारी तथा बर्दियाको बांसगढी नगरपालिकाले स्थानिय नदिजन्य पदार्थको ठेक्का लिएका ठेकेदारहरुसंग मिलेर नदि जन्य पदार्थको स्टक प्रमाणित गरिदिएर ठेकेदारबाट लाखौं कुम्ल्याउने सपनामा दौडिरहेको पाइएको छ ।

बिगतमा नदिजन्य पदार्थ संकलन गरि असार मसान्त सम्म उठाउन नसकेको खण्डमा घाटगददी गरि राखेको ठाउंमा नदिजन्य पदार्थको स्टक प्रमाणित गरेर स्थानिय केही भ्रष्ट कर्मचारीहरुले कमाउने मेलोमेसो बनाएका थिए ।

नदिजन्य पदार्थ सम्वन्धी ठेक्काको बिषयमा गत बर्ष छुटटै कार्यबिधि मापदण्ड बनाएर त्यस्तो नदिजन्य पदार्थको ठेक्का भएको क्षेत्रमा गरिएको घाटगददी शुन्य पार्ने निर्णय गरेको छ ।

नेपाल सरकारको मन्त्रीपरिषदको २०७७ साउन ५ गते बसेको मन्त्रीपरिषदको बैठकले ढुंगा, गिटटी तथा बालुवा उत्खनन, बिक्री तथा ब्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ बमोजिम दफा ७ को उपदफा ५ बमोजिम स्थानिय पालिकाहरुले लगाइएको ठेक्का हरेक आर्थिक बर्षको अन्त्यमा नदिजन्य पदार्थको संकलन ओसारपसार तथा बिक्रीबितरणका लागि नदि किनारा, बनजंगल क्षेत्रमा घाटगददी गरिराखिएको नदिजन्य पदार्थको स्टक शुन्य पार्नुपर्ने छ । उक्त अवधी भित्र घाटगददी गरिराखेको नदिजन्य पदार्थ जफत गरि लिलाम बिक्री सम्वन्धी पालिकाले गर्ने । उक्त जफत गरि बिक्री गरिएको आम्दानी ६० प्रतिशत सम्वन्धीत पालिकाको सञ्चीत कोषमा र ४० प्रतिशत प्रदेश सरकारको सञ्चीत खातामा जम्मा गर्नुे ब्यवस्था रहेको छ ।

ढुंगा, गिटटी तथा बालुवा उत्खनन, बिक्री तथा ब्यवस्थापन सम्वन्धी मापदण्ड २०७७