ललितपुरमा ग्यास सिलिन्डर विस्फोट: ४ जनाको मृत्यु २ जना घाइते

२० कार्तिक, काठमाडौं/  ललितपुरको पाटन स्थित मंगलबजारमा शुक्रबार साँझ एक घरमा आगलागी पछी ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

ललितपुरको मंगलबजार स्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठका अनुसार घरमा आगलागी पछी  ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
घटनामा मृत्यु हुनुहुनेहरुमा विष्फोट बाट क्षती पुगेको घरधनी  लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जलको मृत्यु भएको  छ ।

घटनामा लक्ष्मी ताम्राकार  २ जना छोरा छोरी हामफालेर जिउ जोगाउने क्रममा घाइते भएका छन् । घाइते हरुको पाटन अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।
साँझ करीव ६:३० बजे ४ तले घरको चौथो तलामा घरका सबै ११ जना परिवार जम्मा भएर म्ह पूजा गरिरहेको समयमा तेस्रो तलाको झयालमा राखिएको बत्तीको आगोले झयालको पर्दा बाट आगलागी भएर पुरै कोठामा आगो फैलिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।