गैरकानुनी सम्पती आर्जन गर्नेहरु जहिले पनि फन्दामा पर्न सक्ने : ९ जना सरकारी उच्च अधिकारीहरुको सम्पती छानबीन सुरु

२७ कार्तिक, नेपालगञ्ज/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर-कानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा थप ९ जना सरकारी अधिकारीहरु माथि छानबिन गरिरहेको छ ।  

अख्तियारले कानुनी दायरा भन्दा बढी चल वा अचल सम्पती रहेको अशंका लागेमा जो सुकै ब्यक्तीमाथी जुनसुकै समयमा भ्रष्टाचार निवारण ऐन तथा सम्पती सुद्धिकरण ऐन अन्र्तगत छानबीन गरी दोषि ठहरीएमा कानुनी कार्बाही गर्न सक्ने कानुनी ब्यवस्था रहेको छ

अख्तियार स्रोतका अनुसार गैर-कानुनी सम्पत्ति आर्जनको छानबिनमा पर्नेमा

  • नेपाल विद्युत  प्राधिकरणका उप-कार्यकारी निर्देशक मनोज सिलवाल,
  • प्राधिकरणका निर्देशक तथा चिलिमे जलविद्युत आयोजनाका प्रमुख दामोदर भक्त श्रेष्ठ,
  • कृषि सामग्री कम्पनी लिमिटेडका ११ औं तहका अधिकृत अच्यूत पौडेल,
  • सडक विभागका उप-सचिवस्तरका दुई ईञ्जिनियरहरु (सीडीई) दण्डपाणी पौडेल र ज्ञानेन्द्रकुमार झा ,  
  • त्रिभुवन विमानस्थलका महानिर्देशक देवानन्द उपाध्याय,
  • राजस्व अनुसन्धान विभागका झविन्द्र पोख्रेल र शिवचन्द्र पन्त, 
  • आन्तरिक राजस्व विभागका अधिकृत रमेश भट्टराई माथि समेत  परेका छन् ।

यसअघि नै पत्र बुझ्न नमानेको भन्दै अख्तियारले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको घरमा ७ दिने म्याद टाँसिसकेको छ । गैरकानुनी सम्पती आर्जन गर्नेहरु सम्पती लुकाउन कागजात बनाउने र पैसा बिदेशमा बिभिन्न बहानामा पठाउन सक्ने भएकाले सम्वन्धीत निकायहरले आ–आफनो दायित्व पुरा गर्नुपर्ने आवश्यक्त रहेको देखिन्छ पनि स्रोतले बताएको छ ।।