विश्व एडस दिवसको अवसरमा नेपालगञ्जमा अन्तरक्रिया

१५ मंसिर, नेपालगञ्ज/ विश्व भरी नै १ डिसेम्बरका दिन विश्व एड्स दिवस मनाउने क्रमम नेपालगञ्जमा सञ्चारकर्मि तथा सरोकारवाला पक्षवीच अन्तक्रिया सम्पन्न गरिएको छ ।

अनतरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार बाँकेमा एचआइभी संक्रमितको संख्या हरेक बर्ष थपिदै गएको भएपनि सक्रमण दर भने घटदै गएको पाइएको छ ।

आर्थिक बर्ष ०७४/०७५ मा १ हजार १२ जना संक्रमित रहेकोमा आव ०७७/०७८ मा यो संख्या बढेर १ हजार ३ सय ३४ जना पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन मानव नेपालीका अनुसार पहिलेको तुलनामा संक्रमण दर घट्दो छ । सन् २०१० को तुलनामा सन २०२१ मा ५३ प्रतिशतले संक्रमण दर घटेको छ।

नेपालीका अनुसार पछिल्लो एक वर्षमा १ सय १७ जना नयाँ एचआईभी संक्रमित थपिएको छन र बाँकेका ५ सय १० जना संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् ।

भेरी अस्पतालका फिजिसियन एवम ग्यास्ट्रोलोजिष्ट डा. संकेत कुमार रिसालले एचआइभी संक्रमण दर घटाउन अस्पतालले विभिन्न भुमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो ।

रिसालका अनुसार भेरी अस्पताल हाल ८० जना लागुऔषध प्रयोगकर्ताले उपचार पाउदै आएको जानकारी दिदै एचआइभी संक्रमित गर्भवती महिलाबाट जन्मिने बच्चामा एचआइभी संक्रमण हुन नदिन भेरी अस्पतालमा पिएमटीसिटी सेवा लागू गरिएको छ ।

गर्भ रहेदेखि चिकित्सकको निगरानीमा रहेका ९९ प्रतिशत एचआइभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउने गरेको पाइएको डा. रिसालको भनाई रहेको छ ।

भेरी अस्पतालबाट हाल ३ सय २६ जना संक्रमितले सेवा लिइरहेको र स्वास्थ्य वीमा बनाएका कारण उपचारमा सहज भएको बताइएको छ । हाल ४ सय ५२ जना संक्रमितले स्वास्थ्य बीमा बनाएर निशुल्क सेवा लिइरहेका छन् ।

एएचएफ नेपालगञ्ज शाखाका प्रमुख संजय कुमार पौडल, जुनकिरी महिला समुहका प्रमुख रविन्द्र सिंह राठौर लगायतले एचआइभीले नेपाली समाजमा पार्ने समस्याका आ-आपना प्रस्तुती पस्तुत गर्नुभएको थियो ।

 

सम्बन्धित शीर्षक