नेपालमा ५ वटा मात्र राजनितिक दल मान्यता प्राप्त ! समानुपातिकको कुन पार्टीको कति मत ? मतगणना अन्तिम चरणमा,

२९ मंसिर/  यहि मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोग जनाएको छ ।  

अब ४ जिल्लामा मतगणना भइरहेको छ । सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना सम्पन्न भएको छ ।

प्राप्त मत परिणाम अनुसार

  • नेकपा एमालेले २९ लाख ९७ हजार १३० मत,
  • नेपाली कांग्रेसले २९ लाख ९ हजार २९३,
  • नेकपा माओवादी केन्द्रले १२ लाख २ हजार ३२,
  • संघीय समाजवादी फोरम, नेपालले ४ लाख २१ हजार ५२८,
  • राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ८३ हजार ७०६,
  • विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३,
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८०,
  • राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार १४३,
  • नयाँ शक्ति पार्टी, नेपालले ७६ हजार १९४,
  • नेपाल मजदुर किसान पार्टी ५२ हजार ६९३

अन्य दलले ३ लाख २१ हजार ८१६ मत प्राप्त गरेका छन् ।

 

सम्बन्धित शीर्षक