निर्मला कुर्मि केसका अभियुक्त रमेश थापा सम्पत्ति शुद्धीकरणबाट १० लाख धरौटीमा रिहा

 

नेपालगञ्ज ४ फागुन/ निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडपने गिरोहका मुख्य अभियुक्त मध्यका एक रमेश थापाको नाममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा स्रोत बिनाको सम्पती आर्जन सम्वन्धी परेको अजुरीमा छानबीन भईरहेको पाइएको छ ।

नेपालगञ्जका बिभिन्न ब्यक्तीहरुले स्रोत बिनाको कालो धन आम्दानी गरि समाजमा रवाफ दवाब र प्रभाव पारेको बिषयमा बिभिन्न क्षेत्रबाट उठेका जनगुनासा र उजुरीको तथ्यगत आधारलाई मध्यनजर गरि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको अजुरीको प्ररारम्भीक छानबीन गर्नेक्रममा नेपालगञ्ज कारकादो सोल्टीमोड निवासी पूर्व प्रहरी हवल्दार रमेश थापालाई बिभागले जिल्ला प्रहरी कार्यालय बांके मार्फत पक्राउ गरि हाजीर गराउन पत्र लेखेको पाइएको छ ।

प्रहरी सञ्चार मार्फत पत्र प्राप्त भएपछी पूर्व प्रहरी हवल्दार रमेश थापालाई बांके प्रहरीले नियन्त्रण लिने भन्दा आफै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजीर हुने थापाले बांके प्रहरी समक्ष अनुुरोध गरेपछी रा बांके प्रहरीले पनि थापालाई आयोगमा हाजीर हुन जाने निर्देशन दिएको थियो ।

रमेश थापा गएको माघ १९ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजीर भएकोमा त्यहां कार्यरत एक जना प्रहरी उपरिक्षकको नेतृत्वले लगातार २ दिन प्ररारम्भीक लिखित लगायतको बयान लिएपछी थापालाई प्ररारम्भिक बयान कै क्रममा ३५ लाख धरौटी माग गरिएको थियो ।

माघ १९ र २० गते लगातार २ दिनको बयान पछी ३५ लाख नखद धरौटी रकम माग गरिएपछी आफुले ब्यवस्थापनि गर्ने भन्दै आफनो पुरानो पहिचान भएका रिटायर्ड प्रहरी अधिकृत देखी केही राजनितिका नाममा भ्रष्ट कथित पावरवाला ब्यक्तीहरुलाई गुहार मागेपछी थापा १० लाख धरौटीमा छुटेको बताउनुभएको छ ।

हाम्रो सचनासंगको संक्षिप्त कुराकानीको क्रममा थापाले पहिला ३५ लाख धरौटी माग गरिएकोमा पछी १० लाखमा मिलाएको टेलीफोनमा हामीलाई जानकारी दिनुभएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको अजुरीको प्ररारम्भीक बयानको क्रममा स्रोत बिनाको चलअचल सम्पती आर्जन गरेको बिषयमा यहि फागुन २२ गते आफनो सम्पूण चलअचल सम्पतीको बिववरण सहित हाजीर हुन बिभागले थापालाई तारेखमा छोडेको छ ।

सम्पत्ति शुद्धीकरणका नाममा केहीको नाममा परेको उजुरीलाई निश्पक्ष छानबीन गरेर बिभागले बिधि सम्वतरुपमा अगाढी बढाउनु पर्नेमा त्यसलाई कमाउने माध्यमकोरुपमा बिगतमा प्रयोग गरिएको जनगुनासा आईरहेको समयमा नेपालगञ्जका चर्चित रमेश थापा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तारिखे फेला परेको अवस्थामा रहनुभएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग रमेश थापा लगायतका केही उच्च ओहदा र पहुंचमा पुगेका ब्यक्तीहरुको छानबीन के कसरी गर्दछ त्यो भने परिणाम कुर्नैपर्ने अवस्था रहेको छ ।

निज रमेश थापा सम्वन्धी बिगतमा निम्न किसिमका समाचारहरु तथ्यगतरुपमा प्रकाशित हुदै आईरहेका छन ।

बांकेमा भु-माफियासंग जोडिएको निर्मला कुर्मि काण्डको वास्तविक्ता र गृहमन्त्री रबिको आश्वासन

निर्मलाको मृत्यु निजको सम्पती भएकाले त्यसतर्फ अनुसन्धान गर्नु: जिल्ला न्यायाधिवक्ता

नेपालगञ्जको निर्मला कुर्मि घटना सिआईबि टोली द्वारा छानबीन

बांकेको परसपुर कि निर्मला कुर्मिको करोडौं जग्गा यसरी गयो जग्गा माफियाको हातमा…….२

निर्मला र तिनका २ नाबालकको शंकास्पद मृत्यु घटना: जग्गा माफियाहरुद्वारा अदालतलाई समेत गुमराहमा पारेर ५० करोड बढीको जमिन हडपेको खुलासा

निर्मला कुर्मिको घटनामा टुईस्ट ! सरकारी वकीलमार्फत प्रहरीको प्ररारम्भीक अनुसन्धान फाइल फिर्ता

 

 

निर्मला कुर्मि मुद्दामा प्रमाणको रुपमा पेश गरिएको अडियो-भिडियो