करोडौंको रक्तचन्दनको तेल नेपालगञ्ज नाका हुदै चिनतर्फ तस्करी 

नेपालगञ्ज को नाका हुदै काठमाडौं पुगेको रक्तचन्दनको तेल र पक्राउ परेका ब्यक्तिहरु

१७ मंसिर, नेपालगञ्ज/ नेपाल- भारत सिमा क्षेत्र नेपालगञ्जको जमुनहा नाकाबाट नेपाल तर्फ तस्करी हुदै आएको रक्तचन्दनको तेल अबैध कारोबार गर्ने मानिसहरु काठमाडौंमा पक्राउ परेका छन।

काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना बुधवार पक्राउ परेका छन ।

नेपाली वजारमा ४४ लिटरको प्रति लिटर ५ लाखका दरले २ करोड २० लाख पर्ने र चिनमा अझ बढी पर्ने प्रहरी अनुसन्धान को क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ब्यक्तिहरुमा रामेछाप जिल्ला उमाकुण्ड गा.पा.४ घर भई हाल का.जि.बालाजु बस्ने बर्ष २७ को राम बहादुर खत्री र कास्की जिल्ला लेखनाथ महानगरपालिका वडा नं.१० घर भई हाल का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं.५ बस्ने बर्ष ४० को गंगा बहादुर पुन भन्ने तस्कर महानुभाव रहनुभएको छ ।

अत्यन्त सुगन्धित रक्तचन्दनको तेल नेपालामा प्रति लिटर नेपाली ५ लाख रुपैयाँका दरले अबैध कारोबार भई राखेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं महानगरीय परिसर महाशाखाबाट खटेको बिशेष प्रहरी टोलीले बुधवार पक्राउ गरी आवश्यक अनुसन्धान सहित कार्वाहीका लागी रक्त चन्दनको तेल र पक्राउ परेका ब्यक्तिहरुहरुलाई वन डिभिजन कार्यालय,हात्तीसार काठमाण्डौ पठाईएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ब्यक्तिहरुको उपर अनुसन्धान गर्दा रक्त चन्दनको तेल भारतबाट नेपालगञ्जको जमुनहा नाका हुदै नेपाल भित्र्याई चिनतर्फ तस्करी हुने गरेको कुरा खुल्न आएको काठमाडौं प्रहरीले जनाएको छ।