आजबाट नेपालगञ्जमा आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक मेला सुरु

 

२८ मंसिर, नेपालगञ्ज/ सामाजिक रुपान्तरणका लागी शिक्षामा नयां अभियान मुख्य नारा सहित शैैक्षिक जागरण गराउने उदेश्यले नेपालगञ्जको कारकांदो स्थित सडक डिभिजन कार्यालय परिसरमा आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक मेला सुरु भएको छ ।

बिगतमा ब्यवसायिक उत्पादनका बस्तुको प्रर्वदनका लागी नेपालगञ्जमा ब्यापार मेलाहरु हुदै गएकोमा यस पटक ब्यापार मेलालाई परिवर्तन गरी शैक्षिक जागरणको रुपमा अगाढी सारिएको छ ।

मेलाको बिहिबार उप–राष्ट्रपति नन्दकिशोर पुन मगर द्धारा उदघाटन गर्नु अघि मेलाको प्रचारका लागी बिभिन्न झांकि सहित नेपालगञ्जको धम्बोजी चौक हुदै बजारका मुख्य भागहरुमा प्रचारात्मक जन–याली प्रर्दशन कार्यक्रम  राखिएको आयोजकहरुले बताएका छन ।

शैक्षिक मेलाको क्रममा शैक्षिक बिमर्श,सांस्कृतिक मनोरञ्जनात्मक बिभिन्न कार्यक्रम राखीएको र मेलाको अवधी यहि मंसिर २८ गते देखी पौष ५ गते सम्म राखएको छ ।