कोहलपुर राजश्वले घुस माग्यो भन्दै अधिकृतलाई लछारपछार गर्ने टंक धामी पक्राउ (घटनाको भिडियो सहित)

पक्राउ परेका टंक धामीले कोहलपुर राजश्वका अधिकृत पन्थी माथी गरिएको दुब्यबहारका घटनाको फोटेज ।

१ भदौ, नेपालगञ्ज/ बांंकेको कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयका राजश्व अनुसन्धान अधिकृत बाबुराम पन्थी समेतको टोली साउन २९ गते नेपालगञ्जको घरबारी टोल स्थित एक कपडा पसलम राजश्व छलीको अनुसन्धान गर्न पुगेको समयमा अनुसन्धान टोली माथी दुरब्यहार गरेको अभियोगमा टंक धामीलाई बुधबार बांके प्रहरीले नियन्त्रणमा लिएको छ ।

साउन २९ गते अपरान्ह कोहलपुर राजश्व अनुसन्धानका अधिकृत पन्थीको नेतृत्वमा केही कर्मचारी र शसस्त्र प्रहरी समेत घरबारी टोलको उक्त पसलमा पुगेको समयमा स्थानिय ब्यक्तीहरु जम्मा भएर घेर्ने तथा बिरोध गरिरहेको समयमा नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य एवम प्रबक्ता समेत तोकिएका पछील्लो पटक कपडा ब्यापारी बन्नु भएका अक्षामका टंक बहादुर धामीले एक्कासी पन्थीलाई नियन्त्रणमा लिएर दुरब्यहार गरि ज्यान नै खतरामा पार्ने गरि भिडलाई उक्साएको भन्दै पिडित पक्षले न्यायका लागी जिल्ला प्रशासन कार्यालय बांकेमा उजुरी दिएको छ ।

अछामबाट काठमांडौ पुगेर केही समय किराना पसल सञ्चालन गर्ने क्रममा……पछी नेपालगञ्ज आएर घरबारीटोलमा केही बर्ष पहिल्य एउटा सानो पसल खोलेर बसेका टंक धामी गएको नेपालगञ्ज उद्योग बाणिज्य संघको सदस्यमा माओबादी कोटाबाट सदस्य पदमा निर्बाचित हुनुभएको थियो ।
धामीको घरबारी टोल, न्यरोड, धम्बोजीमा बंगला, जग्गा जमिन र कपडाको हाल थोक बिक्रेता बनेपछी पछील्लो समय घरबारीटोलमा बिपास्पद ब्यापारीको रुपमा चर्चा हुने ब्यक्तीको रुपमा रहदै आउनु भएको थियो ।

प्रहरीले उजुरीको आधारमा प्रशासनले भदौ १ गते बांके प्रहरी मार्फत प्ररारभिक छानबीन तथा छलफल गरेको थियो । जो छोर उसैको ठुलो स्वर भन्दै छलफलको नाममा दर्जनौ ब्यापारीलाई ल्याएर बांके प्रहरी कार्यालय घेराउ गर्ने, माथीबाट अनावश्यक दवाब सृर्जना गर्ने कार्य गरेपछी बांके प्रशासनले नियमित काममा गएको सरकारी कर्मचारीमाथी हातपात तथा दुब्यहार गरेकोमा उल्टै दवाब सृर्जना गर्न खोजेपछी कडाईका साथ प्रस्तुत हुने संकेत देखाएको छ ।

भदौ १ गते पनि अघिल्लो दिन साउन ३१ गते बांके प्रहरीमा छलफल गराई घटना टुंग्याउने पक्षमा गएको बांके प्रहरीलाई अनावश्यक दवाब सृर्जना झेल्नु परेपक्षी प्रहरीले जिल्ला प्रशासन बांकेसंग मंगलबार बिहान लामै परामर्श गरेको थियो ।

बांके प्रशासनमा पनि डिउटीमा गएको कर्मचारीलाई नियन्त्रणमा लिएर टंक धामी समेतले गरेको घटनाको भिडियो क्लिप्स तथा सम्वन्धीत पक्षको प्ररारम्भकि बयान पछी कार्बाही प्रक्रिया अगाढी नबढाए सरकारी कर्मचारीको मनोबल घटने निष्कष सहित कार्बाही प्रक्रियामा अगाढी बढाएको जनाएको छ ।

अर्को तर्फ डिउटीका गएको समयमा सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर बन्धक बनाएर गरिएको घटनाको सरकारी कर्मचारीका तर्फबाट कार्बाहीका लागी थप दवाब सृर्जना भएपछी बांके प्रशासनले बुधबार नै छलफलको लागी बांके प्रहरी कार्यालय पुगेको जम्बो टोलीको बीचबाटै टंक धामीलाई बांके प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
प्रहरी नियन्त्रण लिएर हिरासतमा राख्नु अघि सरकारी अस्पतालबाट स्वास्थ्य स्थिती के–कस्तो छ ? चेकजांच गरेर हिरासतमा राख्ने प्रावधान रहेकाले धामीलाई एक जना ब्यापारीकै गाडीमा हालेर बुधबार सांझ भेरी अस्पताल पु–याईएको थियो ।

प्रहरी हिरासतमा बस्नु भन्दा अस्पतालका केही जिम्मेवार ब्यक्तीलाई सन्चो नभएको रिपोर्ट बनाउन लगाएर भेरी अस्पतालमा नै भर्ना गर्ने ब्यापारीका एक जना पूर्व नेताको जुक्ती फुरेपछी सोही बमोजिम गर्ने गरि डाक्टरी बनावटी डकुमेन्टको आधारमा भेरी अस्पतालमा भर्ना गर्ने भनेपछी बांके प्रहरीले पनि सोही बमोजिम गरेको घटनाक्रमले देखाएको छ ।

पक्राउ गरिएका धामीलाई भेरी अस्पतालमा उपचारको नाममा भर्ना गरिए पनि धामीलाई प्रहरीको घेरामा राखेर उपचार गर्ने ब्यवस्था मिलाइएको बांके प्रहरीले जनाएको छ ।

कानुनी जानकारका अनुसार प्रहरीले कुनै घटनामा पक्राउ गरेको ब्यक्तीलाई मेडिकल गराउने एउटा सामान्य प्रक्रिया भएपनि अस्पतालमा भर्ना हुनजेल सम्म कुनै थप दवाब वा बयान लिन नसक्ने भएकाले धामी पक्षले यस्तो गरेको हुनसक्ने बताएका छन ।

उता बांके प्रहरीले भने सरकारी कर्मचारी डिउटीमा रहेको समयमा हातपात तथा नियन्त्रण लिने कार्य कानुन बिपरित भएकाले पिडितहरुको उजुरी तथा साबिती प्रमाण र बयानको आधारमा कानुनको पालना गर्ने आदेश बमोजि गरिएको बांके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताउनु भएको छ ।

बांके प्रहरीले पक्राउ गरेका ब्यक्तीलाई सम्वन्धी ठाउंमा अर्थात उजुरी भएको बांके प्रशासनमा २४ घण्टा भित्र उपस्थित गराई मनाशिव कारण देखे आवश्यक अनुसन्धानको लागी म्याद थप वा बयान गर्ने प्रक्रिया रहेको छ ।

पक्राउ परेका ब्यक्ती नै अस्वस्थ भनी अस्पतालमा नै भर्ना भएपछी अस्पतालमा उपचार रहेको समयमा थप कार्बाही प्रक्रिया स्थगित गर्नुपर्ने हुन्छ ।

पक्राउ परेका धामीलाई बाठो कौवाले के खान्छ भने झै प्रहरी हिरासतमा बस्नु भन्दा अस्पतालमा बस्ने प्र-पञ्च रचिएपछी बांके प्रहरीले पनि यस बिषयलाई म्याद थप गरेर लम्बेतान बनाउन सक्ने देखिन्छ, जस्ले गर्दा पक्राउ परेका धामीको प्रक्रिया झन जटिल र लम्बिने अवस्था निजकै सहयोगीद्धारा तानबाना बुनिएको देखिन्छ ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका कार्य समिति सदस्य समेत रहेका प्रवक्ता टंक बहादुर धामीलाई नियन्त्रणमा लिएको घटना पछी नेपालगञ्ज उद्योग बाणिज्य संघ मौन छ भने यस अघि उसले साउन ३० गते नै एक बिज्ञप्ती निकालेर नेपाल–भारत सिमा क्षेत्रबाट तस्करी बढेको र अनुसन्धानको नाममा नियोजित तरिकाले जबरजस्ती छापा मार्ने गरेको र यस्तो कार्य बन्द नगरे आन्दोलन गर्ने संघका अध्यक्ष र उप–महासचिव धर्म अर्यालद्धारा हस्ताक्षरित एक बिज्ञप्त मार्फत सार्वजनिक गरेको थियो ।

धामी पक्राउ गरेपछी महासंघ भने चुपचाप बस्नुपर्ने अवस्था सृर्जना भएको देखिन्छ भने प्रशासन सरकारी निजामती कर्मचारीको दवाब थेग्न नसकि नेताहरुको जतिसुकै पावर आए पनि कार्बाही प्रक्रिया अगाढी बढाउने दवाब रहेको देखिन्छ ।

कोहलपुर  राजश्व अनुसन्धानको टोलीलाई नियन्त्रणमा लिनुपर्ने कारण आफुहरुसंग घुस मागेको आरोप केही घटनाका पक्षधरहरुले बताउने गरेका छन ।

राजश्व अनुसन्धान कार्यालय कोहलपुर पनि बिगतमा सन्तोष ओलीको नामले प्रख्यात जुवाडे समेत रहेको कैलालीमा गुटका सूर्ति उत्पादन गर्ने ब्यक्तीले राजश्व स्टिकर नहानेको करोडौं राजश्व छली गरेको गुटका सुर्ति भारत तर्फ लुकुछीपी निर्यात गर्ने घटना देखी कृष्णनगर, नेपालगञ्ज नाकाबाट विभिन्न फर्मले चामल आयात लगायतका घटनामा बिवादित हुदै आएको थियो ।

घटनाको भिडियो clips सहित……….

महासंघको बिज्ञप्ती