बाँके-१ कोहलपुरको चट्टारमा मतदाताको बिरोध

कोहलपुर २८ कार्तिक/  निर्वाचनको मतदान मिति नजिकै गर्दा उम्मेदवार सँगसँगै मतदाताहरुको पनि सक्रियता बढन थालेको पाइएको छ ।

हिजो आईतबार साँझ बाँके निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने कोहलपुरको चटार क्षेत्रमा निर्वाचन प्रचार गर्न गएको गठबन्धनको टोली माथी मतदाताले विरोध गर्दै प्रचार कार्यक्रम बिथोलिदिएका छन ।

आईतबार अपरान्ह गठबन्धनका तर्फबाट प्रदेश सदस्य उम्मेदवार फुलाराम थारू र माओवादीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश्वर गहतराजको प्रचार टोलीमाथी स्थानिय थारू समुदायका मतदाताले बिरोध गर्दै प्रचार कार्यक्रम गर्न नदिएर टोलीलाई अपमानजनक ढंगले फिर्ता गरिदिएका छन ।

निर्वाचनमा उम्मेदवार बनेकाहरुको बिरोधमा आक्रोश पोख्दै . स्थानिय टिकाराम चौधरी समेत जम्मा भएका मतदाताले विगतमा जनप्रतिनिधि र ओहदामा पुगेपछी बाँके-१ का जनताको पक्षमा गरेको कामको फेहरिस्त माग्दै बिरोध गरेको स्थानिय बासिन्दाले जानकारी गराएका छन ।

आफुहरुलाई मत दिन अनुनय विनय गर्न गएको प्रचारको अथक टिममा अथक श्रीमती पार्वती पुन, गठबन्धन उम्मेदवार फुलाराम चौधरीको नेतृत्वमा मतदाता समक्ष जाने समयमा स्थानियले बिरोध गरेका हुन।

उक्त घटनाका सम्बन्धमा गठबन्धन पक्षधरहरुले चट्टारमा कार्यक्रम गर्ने क्रममा टिकाराम नाम गरेका ब्यक्तिले रक्सी खाएर विरोध गरेर माइकसाइक पाल्न थालेपछी आफुहरु फर्किएको जानकारी दिएका छन ।