निर्बाचनमा चलखेल अवधी सुरु: बांके-२ अन्तीम समयमा कोही फुटमा, कोही जुटमा

नेपालगञ्ज २ मंसिर/  राजनितिक दलहरुले मतदाताहरु बीच आफनो प्रचार-प्रसार गर्ने समय सिमा समाप्त भएको छ । यस मौन अवधीमा बिगतका निर्बाचनको आधार मान्ने हो भने यस समयलाई बांकेमा चलखेल अवधीको रुपमा लिन सकिन्छ ।

पश्चिम नेपालको गेट-वे :सिटि नेपालगञ्ज क्षेत्रलाई समेटिएको बांकेको निर्बाचन क्षेत्र नम्बर २ अर्थात नेपालगञ्ज उप–महानगरपालिका र डुडुवा गाउंपालिकामा ९७ हजार ८ सय ९ जना मतदाताहरु रहनुभएको छ ।

हालै सम्पन्न स्थानिय निर्बाचनको परिणाम अनुसार वडा अध्यक्षहरुले पाएको मत अनुसार यस निर्बाचन क्षेत्रमा नेपाली कांग्रेसले पाएको मत १८ हजार ३७ हो भने नेकपा एमालेले पाएको मत १५ हजार ४ सय ७८, जसपाले पाएको मत १३ हजार ८ सय ९, राप्रपाले पाएको ८ हजार ४ सय ९४ र माओबादी केन्द्रले ६ हजार ८ सय ५९ मत पाएको देखिन्छ ।

यस निर्बाचन क्षेत्रमा नेकपा एमालेले २ वटा प्रदेश सभा सदस्य लिएर राप्रपाका धवल शम्शेर राणालाई प्रतिनिधि सभा सदस्यमा चुनाबी तालमेल गरेको छ भने नेपाली कांग्रेस, जसपा र माओबादी एक्ला–एक्लै चुनाबी मैदानमा उत्रिएका छन ।

यसरी गरिएको तालमेलमा एमाले +राप्रपाको तालमेलको आंकडा जोडिएर सबै भन्दा बढी २३ हजार ९ सय ७२ पुगेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसको १८ हजार ३७ मत, तेस्रोमा रहेको जसपाको १३ हजार ८ सय ९ मत स्थानिय निकायको निर्बाचनमा पाए पनि यो मत पाउदा सगै रहेको जसपाका नेता तथा कार्यकर्ताहरु जसपाबाट बाहिरीसकेका छन भने केहीले इस्तीयाक राई उठेकै पदमा उम्मेदवारी हालेका छन ।

राप्रपाको युवासंग सचिव पदमा रहेको समयमा हाल जसपाका अध्यक्ष रहेका कमरुद्धिन राईले मधेशी जनअधिकार फोरम मार्फत प्रबेश गराएर राजनिति सुरु गर्नुभएका बांके क्षेत्र नम्बर २ बाट जसपाका उम्मेदवार इस्तीयाक राई कवडियाको बिरोधमा निजका राजनितिक गुरु तथा सल्लाहकार रहेको समेत बताउने नाताले भतिज पर्ने जसपाका लुम्बिनी प्रदेश कमिटि सदस्य समसुल राईले जसपा कसैको निजि कम्पनी नभएको भन्दै आफुहरुले पनि अवसर पाउनु पर्ने भन्दै भ्रष्टाचारीलाई यस पटक जसरी पनि तह लगाउनु पर्ने भन्दै सोही पदमा स्वतन्त्र उम्मेदवारको रुपमा चर्चामा रहनुभएको छ ।

त्यसैगरि इस्तीयाक राई कै बिरोधमा जसपाका केन्द्रिय सदस्य बाबु पठानले पनि बर्षौ देखी काम गरेका पार्टीका नेता तथा कार्यकर्तालाई पाखा लगाएर अवसर आउदा माओबादीबाट प्रबेश गराएर, सामाजिक हैसियतमा शाख गिरेका ब्यक्तीहरुलाई उम्मेदवार बनाउने गलत भएको भन्दै बिद्रोह गर्नुभएको छ ।

पठानले जसपालाई प्रयोग गर्दै पटक पटक सांसद र मन्त्री बनेर अथाह सम्पती जोडेका इस्तीयाकले जसपालाई प्राईबेट कम्पनी बनाइएकाले जसपाबाट बिद्रोह गरेर जनमत पार्टीमा प्रबेश गरेर इस्तीयाक राई उठेकै पदमा उम्मेदवारी दिएर चुनाबी मैदानमा उत्रिएका छन जसले गर्दा राईले पाउने मत त्यहां पनि कटने सम्भावना छ ।

एकातिर बर्षौ देखी सगै काम गरेका जसपाका केन्द्रिय सदस्य देखी प्रदेश सदस्य सम्म पार्टीबाट बाहिरिन बाध्य पारिएको अवस्था र अर्को तिर सधै साथ दिइरहेका आफनै कवडिया बिरादरीका नातापाता बिरोधमा उत्रिएकाले यस पटकको निर्बाचनमा इस्तीयाकलाई निर्बाचन जित्न फलामको चिउरा चपाउनुसरी अवस्था सृर्जना भएको छ ।
०७४ को निर्बाचनमा निर्बाचन हांकी दिने मुख्य ब्यक्ती समसुल राई स्वयम इस्तीयाकको बिरोधमा उत्रिएपछी यस पटकको निर्बाचनमा भाईले उक्त जिम्मेवारी निभाउदै आएको अवस्था छ ।

अर्को तिर नेपाली कांग्रेसले यस पटक भ्रष्टाचारीको बिरोध र शु–शासनको पक्षमा आफनो मत जाहेर गर्न नेता तथा कार्यकर्तालाई आब्हान गरिसकेको छ ।
माओबादी पनि निर्बाचनमा आफनो जित निकाल्न लागी परेको छ भने जसपाका इस्तीयाक राई पनि बिगतका निर्बाचनमा माहिर खेलाडी ठान्ने गरेकाले आफना भन्दा पनि बिपक्षी पार्टीका वडा स्तरका नेता तथा कार्यकर्तालाई फोन गरेर घर तथा सम्पर्क ठाउंमा भेट गर्ने चुनाबी हत्कण्डा सबै प्रयोगका लागी लागी परेको अवस्था रहेको छ ।