बाँकेमा वडा प्रहरीको नाकमुनीबाट यसरी भईरहेको छ तस्करी (भिडियो सहित)

 

शनिबार राती भईरहेको तस्करीको भिडियो ।

नेपालगञ्ज २३ पुष / पुष महिनाको चिसो रात शनिवार बिहान करिब २ बजे नेपालगञ्ज स्थित वडा प्रहरी कार्यालयको नाकको डिल भएर यि रिक्साहरुले यसरी बिहान सम्म लगातार सामान ओसारेर नेपालगञ्ज बसपार्क तिर लागिरहेको दृष्य सञ्चार सामाग्री स्थानिय बासिन्दाले हामीलाई उपलब्ध गराउनुभएको छ ।

एउटा सानो नमुना भिडियो तलको क्लिप ।

हालै बाँकेमा सरुवा भई जिम्मेवारी सम्हाल्नु भएका एसपी सन्तोष सिह राठौर २ पटक बिदेशको अवसर पाई आफुलाई आवश्यक धन कमाईसकेको र सल्यान हुदै बर्दियाको स्थानिय वासिन्दा भएकाले पनि बाँके- बर्दियामा राठौरले योजनाबद्द रुपमा अवाञ्छित क्रियाकलाप रोक्नुको साथै बिगतमा बाँकेमा संस्थागत रुपलिइसकेको तस्करीको डाँड भाँच्ने आकंलन स्थानिय बासिन्दाले गरेका थिए ।

शनिवार राती नेपालगञ्ज वडा प्रहरी कार्यालय सगै जोडिएको दक्षिण पट्टीको भित्री बाटोबाट तस्करहरुले इ-रिक्सामा रातभरी यसरी भन्सार छलीका सामान बोकेर बिभिन्न गोदाम तथा ट्रान्स्पोर्टहरुमा राखिएका ट्रकहरूमा लिने काम केही महिना देखी लगातार चल्दै आएको छ ।

एकै रातमा करोडौं रुपैया बरावरको बिभिन्न सामानहरू नेपालगञ्ज भन्सार छलेर नेपालगञ्ज हुदै मध्य र पश्चिम क्षेत्रका लुम्बिनी कर्णाली र गण्डकी प्रदेशका बिभिन्न जिल्लाका होलसेल ब्यापारीहरुकोमा लैजाने कार्यले एकातिर नेपालगञ्ज भन्सारले लक्षित राजश्व उठाउन सकिरहेको छैन भने अर्कोतिर गैर-कानुनी ब्यवसायलाई प्रशय दिएकाले नेपालगञ्जका असल ब्यवसायीहरु अप्ठ्यारोमा परेको अवस्था रहेको छ।

बाँके जिल्लामा पछिल्लो पटक प्रदेश तथा प्रदेश इकाई कार्यालयका अधिकारीहरुनै लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा भईरहेको संस्थागत तस्करीको जिम्मेवार रहेको भरपर्दो स्रोतले जानकारी दिएको छ ।

बाँकेमा हुने भन्सार छली तथा तस्करी कार्यमा बरकत- भौकी लगायतक ग्रुप सक्रिय रहेको यस अघि बिभिन्न मिडियामा घटनाहरू सार्वजनिक भईसकेका छन् ।