नेपालको अदालतको अवस्था ! नेपालगञ्जको ५ जनाको बिभत्स हत्याकाण्डका अन्तराष्ट्रिय अभियुक्त किशोरीलाललाई जिल्ला र उच्चले थुन्छ, सर्वोच्चले छोडछ

नेपालगञ्ज १४ माघ / नेपालगञ्जको सदरलाइनमा रहेको दिपक हेमकारको दीप ज्वलर्स रहेको घरमा बिकंम सम्वत २०६२ साल फागुन २३ गते राती ५ जनाको उल्टोबाट घांटी सेरेर बिभत्स हत्या गरि उक्त घरमा रहेको बहुमुल्य सम्पतीहरु लुटिएको घटनाका अभियुक्त सर्वोच्च अदालतले रिहा गरिदिएको पाइएको छ ।

घटनाको अनुसन्धानको क्रममा भारतमा समेत अपराधीक पृष्ठभुमि रहेको पाइएका उक्त घटनाका मुख्य अभियुक्त भारत लखनउ निवासी किशोरी लाल सोनीलाई नेपालको सर्वाच्च अदालतले साधरण तारिखमा छोडेको घटनासार्वजनिक भएपछी नेपालको न्यायलयका बिषयमा प्रश्न चिन्ह खडा गरेर नेपालगञ्जमा चर्चा सुरुभएको पाइएको छ ।

ततकालिन समयमा नेपालमा संकटकाल रहेको अवस्थामा उक्त घटनामा हत्या गरिएका दिपक हेमकार निजको बज्यै गुलाबदेबी हेमकार, आमा सितादेबी हेमकार, बुवा जगदेव हेमकार र निजको घरमा काम गर्ने रामशनिश्वर खुनाको घांटी रेटी बिभत्स तरिकाले हत्या गरि निजको घरमा रहेको डांका चोरी गरेको अभियोजनामा अधिवक्ता बलराम हेमकारको जाहेरीले नेपाल सरकारले कर्तव्य ज्यान र डांका चोरी बिषयमा मुद्धा चलाएको थियो ।

घटना पश्यात प्ररारम्भिक छानबीन र अनुसन्धानको क्रममा घटनामा देखी जान्ने र सुनी जान्ने ब्यक्तीहरुको समेत लिखित बयानको आधारमा नेपाल सरकारबादी उक्त मुद्धामा मुख्य अभियुक्त भगवानदिन सोनीको नाती, नोमीलाल सोनीको छोरा भारत जिल्ला लखनउ, सितापुर रोड प्रीयदर्शनी कोलनी बस्ने बर्ष ६४ को किशोरीलाल सोनी समेतलाई प्रतिवादी रहेका थिए ।

नेपाल प्रहरीले उक्त घटनामा लामो छानवीन र अनुसन्धान गरेको उक्त घटनाको मिशिलमा देखिन्छ । मिसिलको अध्ययनको क्रममा नेपाल प्रहरीको अभियोजन पत्र देखी जिल्ला सरकारी वकीलको कार्यालय मार्फत बांके जिल्ला अदालतमा पेश गरिएका १ सय २२ वटा बिभिन्न सबुत प्रमाणहरुमा अडियो भिडियो, देखी जान्ने सुन्ने ब्यक्तीहरुको बयान, बिज्ञान प्रयोगशाला रिपोर्ट लगायत लिखित डकुमेन्ट रहेको छ ।

“र्निदोस नफसोस र अपराधी नउम्कियोस” भन्ने नेपाल प्रहरीको भनाईलाईआत्मसाथ गदै नेपाल प्रहरीको बिभिन्न चरणमा बिभिन्न ब्यक्तीहरुको नेतृत्वमा गहिरो अनुसन्धान देखी अभियुक्तलाई नेपाल प्रहरीको इतिहास मै पहिलो पटक भारतिय प्रहरीको सहयोग बिना नै नेपाल प्रहरीको इन्टरपोलको टिमले भारतको लखनउमा लुकेर बसेका अभियुक्त किशोरीलाल सोनीलाई बांके जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

नेपाल प्रहरी किशोरीलाल सोनीलाई पक्राउ गरेपछी घटनाको साजिस र घटना बिवरण थप खुलाउदै बांके प्रहरीले ततकालिन जिल्ला सरकारी वकीलको कार्यालय बांकजिल्ला न्यायधिवक्ता प्रयागदत्त जैसी मार्फत बांके जिल्ला अदालतमा उक्त मिसिल पेश भएको थियो ।

मिसिल अध्ययन र घटनाको गाम्भीयतालाई दृष्टीगत गरि मिसिलमा भएका सबुत प्रमाण र पक्ष बिपक्षका घटनाको देखी जान्ने सुन्ने ब्यक्तीहरुको बयानको आधारमा बांके जिल्ला अदालतको मिति २०७५ साल कार्तिक १२ गतेको माननीय न्यायाधीश ओम प्रशाद अर्यालको एकल इजलासले मुद्धा नम्बर ०७४/सि १/०११७ को कर्तब्य ज्यान र डांका चोरी मुद्धामा किशोरीलाल सोनीलाई मुलुकी फौजदारी कार्यबिधि सहिंता ऐन २०७४ को दफा ६७ को १ क तथा ऐजन २ख बमोजिम पूर्पक्षका लागी आदेश दिएको थियो ।

बांके जिल्ला अदालतको मिति २०७५ साल कार्तिक १२ गतेको माननीय न्यायाधीश ओम प्रशाद अर्यालको एकल इजलासले मुद्धा नम्बर ०७४/सि १/०११७ को कर्तब्य ज्यान र डांका चोरी मुद्धामा किशोरीलाल सोनीलाई मुलुकी फौजदारी कार्यबिधि सहिंता ऐन २०७४ को दफा ६७ को १ क तथा ऐजन २ख बमोजिम पूर्पक्षका लागी आदेश दिएको थियो ।

उक्त बांके जिल्ला अदालतको आदेश बदर गराई पाउ भनी फेरी किशोरीलाल सोनीको तर्फबाट नेपालगञ्जका अधिवक्ताहरु…….. (हेनुहोस उच्चको आदेश पत्र) को समूहले उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास समक्ष निवेदन दिइएको थियो ।

मिति २०७५ साल पौष २६ गते माननीय न्यायधीश बिष्णुदेव पौडेल र खुशी प्रशाद थारुको सयुंक्त इजलासले आदेश…..

मिसिल सहितको उक्त निवेदनपछी उच्चले पनि अध्ययन गरेर बांके जिल्ला अदालतले गरेका ठिक छ, बेरितको नदेखिएको भनी बांके जिल्ला अदालतको आदेश सदर गरि किशोरीलाल सोनीलाई थुनामा राख्ने ठिक भएको भनी मिति २०७५ साल पौष २६ गते माननीय न्यायधीश बिष्णुदेव पौडेल र खुशी प्रशाद थारुको सयुंक्त इजलासले आदेश दिएको देखिन्छ । हेनुहोस आदेश पत्र

मुद्धाका बिषयमा नेपालका कहलिएका अधिवक्ताहरु किशोरीलाल सोनीका पक्षबाट बहस

त्यसपछी किशोरीलाल सोनीको तर्फका केही वकीलहरु यहि रोकिदैन । अदालतमा न्याय दिने क्रममा न्याय सबैको सर्वशुलभ पहुचको निम्ती रहेको प्रावधान रहेको कानुनी ब्यवस्थालाई प्रयोग गदै हत्या काण्डका अन्तराष्ट्रिय अभियुक्त किशोरीलाल सोनीलाई छुटाउन अदालतको १७ नम्बरले पहिचान भएको ब्यवस्थालाई प्रयोग गरेर सर्वोच्चमा उक्त मिसिल पुग्छ । मुद्धाका बिषयमा नेपालका कहलिएका अधिवक्ताहरु किशोरीलाल सोनीका पक्षबाट बहस गरेको (हेनुहोस सवोच्चको आदेश) देखिन्छ ।

किशारीलाल सोनीलाई सर्वोच्च अदालतका नामबाट साधारढा तारेखमा छोडन आदेश दिएपछी उक्त घटनाको गुपचुच रहेको अवस्थामा हालै हाएर घटनाको अध्ययन मिसिल अध्ययन रअदालतको आदेशको सम्मान गदै फेला पारिएका बिषयबस्तु हामी जस्ताको  सम्पूण बिवरणहरु पाठक सामु पस्तुत गदै जाने छौ । क्रमश घटना अध्ययन, किशोरीलाललाई  नेपालको इनटरपोलले कसरी उठाउन सफल भयो ? हत्याकाण्डका अन्य ब्यक्ती को-को थिए । अत्या अगाढी कहा) बसेकाथिए । घटना पछी हत्यारा कसरी भागे सम्पूण विवरण क्रमश…………