बांकेमा मौलाएको संस्थागत तस्करीमा ब्रेक: भन्सार असुलीमा सुधारको संकेत

गहुँ र चामल बोकेको पक्राऊ परेको ट्रक ।

नेपालगञ्ज १७ माघ/ बांकेमा भन्सार चोरी निकासीमा केही समय लगातार स्पिड समातेको अव्स्था रहेकोमा पछील्लो समय बांके जिल्लामा प्रहरी प्रमुख परिवर्तनसंगै भन्सार चोरी निकासी कार्यमानिरुत्साहित गरेको पाइएको छ ।

पक्राऊ परेका मानिस र फलफुल
पक्राउ परेका माछाको पेटी

बिगत केही समय बांके जिल्लाका बिभिन्न नाकाहरुबाट संस्थागत भन्सार चोरी निकासी कार्य भएको पाइएकोमा बांकेमा प्रहरी प्रमुख सन्तोष सिंह् राठौर र लुम्बिनी प्रदेशको नयां नेतृत्व डिआईजी टेक प्रशाद राईले नेतृत्व सम्हालेसगै लुम्बिी प्रदेशका तराईका जिल्लामा मौलाउन थालेको संस्थागत तस्करीमा हाल ब्रेक लागाएको पाइएको छ ।

भन्सार चोरी निकासी एवम तस्करी नियत्रणलाई निरुत्साहित गर्न बांके प्रहरी प्रमुखको टिमले बांकेमा रहेको साना तथा ठुला करिब ६० वटा इकाई प्रहरीको नेतृत्वमा जिम्मेवारी हेरफेर तथा चौकी तथा प्रहरी इकाई कार्यालयका प्रमुखहरुलाई माथील्लो नेतृत्वको कार्यशैली प्रतिको ब्रिफिग गरेर जनशक्तीलाई परिचालित गरेको छ । त्यसैगरि बांके प्रहरी र लुम्बिनी प्रदेश क्राइम इन्भेष्टीगेटीभ ब्यूरो (सिआइबी)को टोली मिलेर बांकेमा भन्सार चोरी निकासी बिगतमा संस्थागतरुप लिइसकेको अवस्थामा त्यसलाई रोक्ने गरि कार्यमा लागेको हालका केही घटनाक्रमहरुले देखाएको छ ।

बांके प्रहरीको हालको केही दिनको संस्थागत तस्करी नियन्त्रण कार्यले नेपालगञ्ज भन्सारमा पनि सकारात्मक प्रभाव परेको देखिएको छ भने गत मंसिर महिनाको तुलनामा पुष महिनाको अन्त्यतिर भन्सार राजश्व असुलीमा समेत १.०९ प्रतिशतले बृद्धि भएको नेपालगञ्ज मन्सारको असुली तथ्यांकले देखाएको छ ।

बांके प्रहरी र सिआइबीको टोलीले आईतबार र सोमबार बांकेको राप्तीपारी भोजभगवानपुर इलाका हुदै नेपालगञ्ज तर्फ प्रबेश गराइएको रसिद खांको ट्रकमा युनुस खांले चलाएर ल्याएको १ ट्रक अर्थात ४५ क्न्टिल गंहुर ४ क्न्टिल चामल, त्यसैगरि रुपैडिहाबाट जमुनहा नाका हुदै नेपालगञ्ज तर्फ ल्याईरहेको बिभिन्न जातका माछाका पेटीहरु, मैदाका बोरीहरु, फोरमाइका, अंगुर, अनार जातका फलफुलहरु नियन्णमा लिएर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

बांकेको राप्तीपारी भोजभगवान इलाका प्रहरी कार्यालय क्षेबत्रबांट ट्रकका ट्रक तस्करीको समान नेपालगञ्जका बिभिन्न ट्रान्सपोर्ट हुदै नक्कल  सक्कली भ्याट बिल देखाएर पहाडी जिल्लामा समान लैजाने र केही खाद्यान्य बस्तु चामल गंहु स्थानिय केही ब्यापारीले गोदाममा राखेर बेच्ने कार्य हुदै गरेकाले बिगतका केही महिनामा नेपालगञ्ज भन्सारको भन्सार असुलीमा चामलमा ५१.७५ प्रतिशत, चिनिमा ५६.४४ प्रतिशत, स्टिलजन्य समानमा ३६.५२ प्रतिशत, कोईलामा ४०.७० प्रतिशत टाईलमा ३४.२१ प्रतिशत मकैमा १२.७५ प्रतिशतले घटेर भन्सारको लक्षीत राजश्व उठन नसकेको नेपालगञ्ज भन्सारको तथ्यांकले देखाएको छ ।