सुर्खेत स्थित कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तत्कालीन सचिव राजेन्द्र समेत १६ जना बिरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर

नेपालगञ्ज २५ साउन/ सुर्खेत जिल्लाको वीरेन्द्रनगर औद्योगिक क्षेत्र भित्र शीत भण्डार निर्माण कार्यमा भ्रष्टाचार गरेको अभिया्गमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत स्थित कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसमेत १६ जना उपर विशेष अदालत, काठमाडौँमा सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप मुददा दायर गरेको छ।

विशेष अदालत, काठमाडौँमा दायर गरिएको आरोपपत्रमा अभियुक्तहरुले शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको भन्ने उजुरीका आधारमा गरिएको छानबीन र अनुसन्धान गर्दा सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा विषयगत विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डार निर्माण गरिएको पाइएको छ ।

त्यसैगरि शीत भण्डार निर्माण कार्यमाको नियम बिपरित खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरीएको र त्यही खेस्रा नक्सा समेतको विपरीत हुने गरी निर्माण कार्य गरी–नापी किताबमा सही छाप समेत गरी गुणस्तरहीन कार्यलाई गरेर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्यका नाममा भ्रष्टाचार हुने कार्य गरेको अख्तियारको ठम्याई रहेको छ ।

उक्त भ्रष्टाचारजन्य कार्यमा सुर्खेत स्थित कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतबाट कर्णाली कोल्डचेन लजिस्टिक प्रालि सुर्खेतलाई शीत भण्डार निर्माणका नाममा ९२ लाख ४३ हजार २ सय ९८ रुपैयाँ बिगो बराबरको सरकारी सम्पती हानि÷नोक्सानी भई भ्रष्टाचारजन्य कसुर भएको देखिँदा देहायका व्यक्तिहरू उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिई बिहिबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दसरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहादद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

ciaa25