आन्दोलनकारी कर्मचारी र मेडिकल कलेज बीच सहमती: आन्दोलनका कार्यक्रम स्थगित

आन्दोलज कर्मचारी र ब्यवस्थापन पक्ष बीच भएको सहमतीको निर्णय ।

९ कार्तिक, नेपालगञ्ज/  आफना सेवा र सुबिधा लगायतका माग राखेर आन्दोलनमा उत्रिएका नेपालगञ्ज र कोहलपुर स्थित मेडिकल कलेजका कर्मचारीहरुको आन्दोलन सहमतीको निर्णयमा टुंगिएको छ ।

बिरामीहरुलाई उपचारमा प्रत्यक्ष प्रभाव हुनेगरी इमरजेन्सी सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरेर हडतालमा उत्रिएका लर्ड बुद्ध एजुकेशन एकेडमी लिमिटेडद्धारा नेपालगञ्ज र कोहलपुरमा सञ्चालनमा रहेको मेडिकल कलेज र चिसापानी स्थित कलेजमा कार्यरत करीब् १५ सय कर्मचारीहरुले गत हप्ता देखी शसक्तरुपमा हडतालका साथै सेवाहरु ठप्प पार्दै आएका थिए ।

नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत करीब १५ सय कर्मचारीहरुलाई नेपाल सरकारको न्यूतम ज्याला अनुसारको नियम पालना गरि सबै कर्मचारीहरुलाई सेवा र सुबिधा दिदै आएको र हाल कम्पनी केही बर्ष यता दीवालीयापन आइलागेकाले कर्मचारीहरुको सेवा र सुबिधा बढाउन नसकिएको ब्यवस्थापन पक्षले आन्दोलनरत पक्षलाई बताउदै आएको थियो ।

आन्दोलनका कारण सर्वसाधरणको स्वास्थ्यमा प्रतिकुलता आईलागेकाले आन्दोलनरत पक्ष र मेडिकल कलेजको ब्यवस्थापन पक्ष बीच सहमती गराउन स्थानिय प्रशासनले सक्रियता देखाउदै आएकोमा जिल्ला प्रशासन कार्यालय बांकेमा भएको पटक-पटकको बार्ता तथा छलफलमा दुबै पक्ष बीच सहमतीको निर्णय भएको हो ।

निर्णयमा कर्मचारीहरुको माग र ब्यवस्थापन पक्षको इस्पष्टीकरणका बिषयमा सम्वन्धीत निकायका प्रतिनिधिहरुको रोहबरमा कम्पनीको बास्तबिक आय-ब्यय बिवरण हेरी कम्पनी नाफामा भएमा सेवा सुबिधामा बृद्धि गर्ने पनि सहमती भएको छ ।

छानबीनका लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट श्रम ऐन २०७४ को दफा ११९ को उपदफा ३ बमोजिम श्रमीक र ब्यवस्थापन बीच उत्पन्न बिवाद समाधानको लागि मध्यस्थ समिति गठन भएको र उक्त समितिमा मन्त्रालयको १ जना प्रतिनिधि, आन्दोलकारीहरुको १ जना र ब्यवस्थापन पक्ष बीच १ जना गरि ३ जना रहने गरी एक उच्च स्तरिय मध्यस्थ समिति मार्फत समस्या समाधान गर्ने सहमतीमा निर्णयको माइन्यूट गरिएको छ ।

समितिले लर्ड बुद्ध एकुकेशन एकेडमीको सम्पूण हर हिसाब हेरेर कम्पनीको ऐन नियम बमोजिम सर्बोपरी हितलाई ध्यान दिनेगरी मध्य मार्गबाट  समस्याको निकासका लागि सहमतीमा पुगेको  छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सहमती प्रति केही आन्दोलनकारीले  असहमती रहेको र हडतालले जनमानसको स्वास्थ्य सेवा प्रभावित नहोस भनेर केही सहज रुपमा आफुहरु प्रस्तुत भएको वताउनु भएको छ।

मेडिकल कलेजले पश्चिम नेपालका सर्व-साधरण जनताको स्वास्थ्य सेवामा प्रत्यक्ष टेवा पु–याउने उदेश्यका साथ लर्ड बुद्ध एकुकेशन एकेडमीले मेडिकल कलेज सञ्चालनका लागि कोहलपुर र चिसापानीमा नेपाल सरकारबाट जमिन लिजमा लिएको पनि करीब २० बर्ष भन्दा बढी समय भईसकेको छ ।

त्यसैगरी मेडिकल कलेज सञ्चालनका लागि ब्यवस्थापकिय जिम्मेवारीमा सक्रिय ब्यक्ती बाहेक काठमाण्डौं निवासी केही उद्योगी ब्यापारीहरु पनि आफनो लगानी अनुसारको प्रतिफल नआएको भन्दै बेलाबखत कम्पनी बिक्रीको प्रस्ताब पनि अगाढी सार्दै आउने गरेका घटनाहरू सार्वजनिक हुदै आएका छन ।

दक्षिण एशियामा मेडिकल सेक्टरमा कम गुणस्तरको शिक्षा आंकलन गरिएको रस्सामा पढेका ब्यक्तीहरुद्धारा ब्यवस्थापन सम्हादै आएको भनिएको उक्त कम्पनीमा उपचारको लागि खरिद गरिएका बिभिन्न मेशिनरी तथा समानहरुमा समेत अधिक मुल्य देखाएर लगानीकर्ताहरुलाई ढुंग्रोमा राख्ने काम भएको भन्दै केही नयां लगानीकर्ताहरुले असन्तुष्टी जाहेर गदै आएको पनि कम्पनी बिक्रीका लागि बारम्बार भएको बार्गेनिंगबाट पनि सहजै बुझन सकिन्छ ।

काठमाण्डौं युनिभरसिटि अन्तरगतको लर्ड बुद्ध एकुकेशन एकेडमीले केही बर्ष अघी सम्म एक आर्थिक बर्षमा १ सय ५० जना बिद्यार्थीलाई मेडिकल पठन-पाठन गराउदै आएकोमा उक्त ठाउंमा डाक्टर गोबिन्द केसीको आमरण अन्सन पछी भएको सहमती अनुसार कोटा घटाएर १०० जना पु-याइएको छ । जस्ले कम्पनी घाटा जान मदत पुगेको ब्यवस्थापन पक्षको भनाई रहेको छ ।

लर्ड बुद्धको ब्यवस्थापन पक्षले १ जना बिद्यार्थीबाट ४४ लाख रुपैया एडमिसन शुल्क लिने सरकारी सहमतीमा केही विद्यार्थीबाट  थप १५ लाख अनियमित तरिकाले लिएर भर्ना गरेको आवाज उठेपछी काठमाण्डौ युनिभरसिटिले नै लिने इन्ट्रान्स परिक्षामा उतिर्न ब्यक्तीहरुलाई मात्र भर्ना लिन उर्दि जारी गरेपछी ब्यवस्थापनले गैर-कानुनीरुपमा बिद्यार्थीबाट असुली गर्दै आएको भनिएको रकम असुली गर्न पछील्लो पटक केही ग्राहो भएको स्रोतले बताएको छ ।

लर्ड बुद्ध एजुकेसन एकेडमीको लामो समय प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहनु भएका सुरेश कनोडियाको नेपालगञ्जको बिपि चौक नजिकको २ वटा कमर्सियल बिल्डिंग देखी घरपरिवारका नाममा अन्य बिभिन्न ठाउंमा रहेको करोडौं मुल्यको चल-अचल सम्पतीको सूक्ष्म अनुसन्धान गरि सम्पती शुद्धिकरण मार्फत निर्मलिकरण गर्न पनि विभिन्न पक्षबाट माग उठाउने गरिएको छ ।

कोहलपुर र नेपालगञ्जमा रहेको मेडिकल कलेज आफैमा पश्चिम नेपालको एक पहिचान र स्वास्थ्य सेवाका लागि एक मन्दिर भएकाले यसबाट सर्वसाधरण जनताले सर्वशुलभ तरिकाले स्वास्थ्य सेवा लिने बातावरण् बनाउन सबै लाग्न जरुरी छ भने त्यसका लागि सबैले लाभको दृष्टिले भन्दा पनि सेवा भावले अगाढी बढनु सबैको हित देखिन्छ ।