प्रधानमन्त्री ओलीद्धारा पदभार ग्रहण, “समृद्ध नेपाल सुखी नेपाली” अभियान घोषणा,

३ फागुन,काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धि र विकासका लागी सरकारले काम गर्ने बताउनु भएको छ ।

सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उहाले आर्थिक समृद्धि र विकासका लागी कृषिको आधुनिकरण, रोजगारको अवसर निकाल्ने सहितका ५ प्राथमिकता सार्वजनिक गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले “समृद्ध नेपाल, सुखी नेपाली” को अभियान भन्ने नारा दिदै पाँच वटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

तीनै तहका सरकारलाई जनमुखी, सबल र प्रभावकारी बनाउने निर्णय गर्दै २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

‘ दुई वर्षभित्र गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गरिनेछ, यस्तै, २ वर्षभित्र संघीय संसदको आफ्नै भवन निर्माण पनि गरिनेछ’  ।

प्रधामन्त्री ओलीले उद्योगहरुको संरक्षण, स्थापना र विकासलाई समावेश गर्दै विकासका पूर्वाधारहरु यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता जनसरोकारका विषय र विकासलाई जनताले प्रत्याभूति गर्नेगरी अघि बढाउने घोषणा समेत गरेका छन् ।

पर्यटन तथा सेवा क्षेत्रको विकास गर्ने र आन्तरिक तथा बाह्य लगानी बृहत रुपमा वृद्धि गर्ने लक्ष्य नयाँ सरकारले लिएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

उहाले नयाँ सरकारले मुलुकमा देखिएको चरम बेरोजगारी समस्यालाई सम्बोधन गर्ने कार्यक्रम अघि सार्ने निर्णय गरेको छ ।

आम रुपमा रोजगारीका अवसर सिर्जना गरेर मुलुकलाई समृद्धितर्फ अघि बढाउने सरकारको संकल्प छ । भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताउनुभयो ।

‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो’ उनले भने ‘भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन सक्दैन, भ्रष्टाचार नियन्त्रण मेरो उद्देश्य हुनेछ ।’

नयाँ सरकारले प्रमुख राष्ट्रिय कार्यसूचीमा उल्लेख्य सफलता प्राप्त गर्न राज्यका सम्पूर्ण स्रोत, साधन, सार्मथ्य र संयन्त्रलाई अभियानको रुपमा परिचालन गर्ने समेत निर्णय गरेको छ ।

यस्तै, देशका प्रचुर सम्भावनालाई साकार बनाउन नीतिगत ढंगले सम्बोधन गर्ने निर्णय समेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

तीन सदस्यीय मन्त्रिपरिषद गठन

एमले नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरण बन्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन सदस्यीय मन्त्रिपरिषदमा पण्डितसँगै थममायाँ थापाले महिला वालवालिका तथा समाजकल्याणमन्त्रीको रुपमा सपथ लिनुभएको

 पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक/व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथासमाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिनुभयो ।

बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक कार्यभार सफलतापूर्वक पूरा गरेकामा निर्वाचन आयोग, निजामती तथा सुरक्षा निकायका राष्ट्रसेवक एवं प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु-याउने सबैलाई धन्यवाद दिँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने मतदाता र नागरिकप्रति पनि आभार व्यक्त गरेको मन्त्री थापाले बताउनुभयो ।

मन्त्रिपरिषद्को पहिलो बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्तसम्पूर्ण ज्ञात-अज्ञात शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको छ ।