बांकेमा निषेधाज्ञा शुक्रबार राती सम्म जारि राखेर नेपालगञ्ज सिल हटाउने बांके क्राइसिस म्यानेजमेन्टको निर्णय

हिजो साउन २६ गते कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु हुनुभएका अछाम,चौरपाटी–५ का ५० बर्षिय १ जना कोरोना संक्रमित पुरुषको आज मंगलबार बाँकेका सबै सुरक्षा प्रमुखको उपस्थितमा स–सम्मान अन्त्यस्टी गरिएको छ ।

२७ साउन, नेपालगञ्ज/ नेपाली सेना परिचालित गरि गत शनिबार रातीबाट नेपालगञ्जका केही क्षेत्र सिल गरिएकोमा  मंगलबार बसेको बांके क्राइसिस म्यानेजमेन्ट टिमको बैठकले सिल हटाएर बांके निषेधाज्ञा आगामी शुक्रबार सम्म जारी राख्ने निर्णय गरेको छ ।

नेपालगञ्जका मानवहरु बीच कोरोना संक्रमण तीब्र रुपमा फैलनबाट रोकथामका लागि जरुरी ब्यवस्थापन गर्न बांके क्राइसिस म्यानेजमेन्ट टिमले गत शनिबार रातीबाट तथ्यांकको आधारमा नेपालगञ्जको कोरोना इपिसेन्टर रहेको भौगोलीक क्षेत्रमा सिल गरि ब्यवस्थापन कार्यलाई अगाढी बढाइएको थियो ।

आज मंगलबार राती १२ बजे सम्म जारि गरिएको नेपालञ्ज सिलको अवधीमा बांके क्राइसिस म्यानेजमेन्ट टिमले कोरोना संक्रमितहरुको ब्यवस्थापन, उहांहरुको कन्टयाक्ट ट्रेसिंग, स्वाब संकलन लगायतको काम गरेको थियो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको अध्यक्षतामा बसेको क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले हाल सम्मको जिल्लाभरी जारि गरिएको निषेधाज्ञा र नेपागञ्जका केही क्षेत्रमा सिल गरिएको अवस्थाको सुक्ष्मरुपमा बिश्लेषण पनि गरेको छ ।

यस अवधीमा जनताको साथ र समर्थनको लागि हार्दिक आभार प्रकट गदै  सिल अवधी र जिल्लाभरी जारि निषेधाज्ञा खुकुलो पादै जाने रणनितिको बिषयमा समितिमा छलफल भएको छ ।  बैठकमा ततकाल अतिआवश्यक कार्य बाहेक घर बाहिर ननिस्कन सर्वसाधरणलाई अनुरोध गर्ने र कोरोना संक्रमणको अवस्था बिष्लेषण गर्दै आगामी शनिबारबाट बिस्तारै आवश्यकता हेरेर खुकुलो पारेर अगाढी बढने निर्णय गरिएको छ ।

उक्त छलफलमा पुन संक्रमितहरु बढेमा अन्य बैकल्पीक उपायहरु खोज्दै अघि बढने र जनतालाई अनिबार्यरुपमा मास्क, सेनिटाइजर, सामाजिक दुरीकाय राख्ने बिषयमा जनता आफै जागरुप हुनुपर्ने बिषयमा पनि छलफल भएको छ ।

बांके जिल्लाको नेपालगञ्ज, खजुरा र कोहलपुर क्षेत्रमा कोरोना संक्रमणका बिरामीहरु एक्कासी बढेपछी जिल्ला प्रशसन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको अध्यक्षतामा रहेको काइसिस म्यानेजमेन्ट समितिले गत साउन १६ गते बसेको बैठकले बांके जिल्ला भरी निषेधाज्ञा जारि गरेको थियो ।

स्थानिय प्रशासनले जारि गरेर लागु गर्न सक्ने सक्रामक रोग ऐन २०२० को दफा २ अनुसार रोग फैलन नदिन र त्यसको कार्यन्वयनका लागि शक्तीको प्रयोग समेत गर्न सक्ने स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को ३ अनुसार निषेधाज्ञा जारि गरिएको हो ।

बांकेमा नेपालगञ्जमा पछील्लो पटक कोरोना संक्रमण संख्यामा बृद्धि भइरहेको छ भने हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेहरुको सख्या पनि ४ जना पुगेका छन । पछील्लो दिनहरुमा कोरोनाको संक्रमणका बिरामीहरु गम्भीर बिरामी हुने ट्रेन बढेर गएको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताउनु भएको छ ।