नेपालमा एकैदिन थपिए १ हजार १६ जना, १ सय १४ जनाको मृत्यु, २८ हजार २ सय ५७ जना संक्रमित

भाद्र १ गते नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज ५ का ६२ बर्षका कोरोना संक्रमित पुरुषको राती ११:४० मा मृत्यु भएकोमा बाँकेका सबै सुरक्षा प्रमुखहरूको उपस्थितिमा मंगलबार मृतकको स-सम्मान अन्त्येष्टि गरिएको छ ।

२ भदौ,नेपालगञ्ज/ पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा १ हजार १६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म संक्रमितहरूको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।
मंगलबार मात्र नेपालमा पहिलो पटक १ हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

नेपालमा सोमबार साँझसम्म ५ लाख ४२ हजार ८ सय ६६ पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण गरिएको छ

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।

मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १/१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८५ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ९ सय २६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ५६३ जना रहेको छ ।