बांकेका कोरोना कहर: बर्दियाका ४२ बर्षिय पुरुषको भेरीमा मुत्यू

२ कार्तिक, नेपालगञ्ज/ आज आईतबार बिहान बर्दियाको एक जना ४२ बर्षिय पुरुषको मेडिकल कलेजमा उपचारको क्रममा मुत्यू भएको छ ।

स्वास्थ्य कार्यालय बांकेका प्रवक्ता एवम कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका वडानम्बर ६ का ४२ बर्षिय पुरुषको कोहलपुर स्थित मेडिकल कलेजको कोभिड-१९ वार्डमा उपचारका क्रममा आज आईतबार बिहान ३ बजे मुत्यू भएको बताउनु भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार गत असोज १४ गते बिरामी भई उपचारको लागि कोहलपुर स्थित मेडिकल कलेजमा आई भर्ना भएकोमा उपचारको क्रममा कोरोनाको आशंका लागि परिक्षण गरिएकोमा असोज १५ गते कोरोना संक्रमण पुष्टी भएको थियो ।

कोरोना संक्रमित उक्त ब्यक्तीको कोहलपुर स्थित मेडिकल कलेजमा समेत भेन्टीलेटरको अभाव भएको र समस्यामा सुधार नआएपछी असोज २७ गते नेपालगञ्ज स्थित भेरी अस्पतालमा भर्ना गरि कोरोना बिरुद्धको सबै सहयोगी उपचार गरिएकोमा कार्तिक २ गते बिहान मुत्यू भएको अस्पतालले पुष्टी गरेको कोरोना फोकल पर्सनले श्रेष्ठले जानकारी दिनुभएको छ ।

बांकेमा कोरोनाबाट मुत्यूहुने प्रयाजसो धेरैको राती १ बजे देखी बिहान को समयमा बढी ब्यक्तीको मुत्यू भएको तथ्यांकले पुष्टी गरेको छ ।
आज आईतबार बांकेमा ६ महिला र ११ जना पुरुष गरि १७ जना कोरोना संक्रमणबाट जोखिम समय कटाएर डिस्चार्ज हुनुभएको छ ।

हाल सम्म बांकेमा २०३९ जनाको डिसचार्ज र २९ जनाको मुत्यू भईसकेको छ । १८ जना बाहिरी जिल्लाका सहित ६२४ जना कोरोना संक्रमित हाल आईसोलेसनमा स्वासथ्य लाभ गरिरहनुभएको छ । स्वास्थ्य लाभ गरिरहनु भएका मध्य भेरी अस्पतालमा ६२ जना अस्पतालमा उपचाररत रहनु भएको छ जसमा ११ जना सिकिस्त र ५१ जना मध्य रहनुभएको छ । उता कोहलपुर स्थित मेडिकल कलेजमा ६ जना सिकिस्त र ३६ जना मध्यम रहनुभएको छ ।