पछील्लो २४ घण्टामा ४ जना सहित बांकेमा कोरोनाबाट ५१ जनाको मुत्यू

कोरोनाबाट मुत्यू भएका ब्यक्तीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट शव ब्यवस्थापनका लागि बाहिर लैजादै गरेको ।

१६ कार्तिक,नेपालगञ्ज/ पछील्लो २४ घण्टामा बांकेमा कोरोना संक्रमणबाट ४ जना ब्यक्तीको मुत्यू भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बांकेका प्रवक्ता एवम जिल्ला कोरोना क्राइसिस ब्यवस्थापन समिति बांकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना संक्रमण भई कोहलपुर स्थित मेडिकल कलेजमा उपचार गराईरहेका मध्य पछील्लो २४ घण्टामा ३ जना र नेपालगञ्ज स्थित भेरी अस्पतालमा १ जना गरि ४ जनाको मुत्यू भएको छ ।
मुत्यू हुनेमा कैलाली जिल्लाको टिकापुर नगरपालिका वडानम्बर १ का ६० बर्षिय पुरुष हुनुहुन्छ । उहांको स्वास्थ्यमा समस्या भएपछी उपचारको लागि कार्तिक १४ गते नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारको लागि आएकोमा १५ गते कोरोना संक्रमण पोजेटिभ आएपछी कोरोना वाडमा राखी आवश्यक सहयोगी उपचार भइरहेकोमा १६ गते बिहान १ बजे मुत्यू भएको भेरी अस्पतालले जानकारी दिएको बताउनुभएको छ ।

त्यसैगरि शनिबार दिउसो २ बजेर ४५ मिनेट जांदा कोहलपुर स्थित मेडिकल कलेजमा दांगको तुल्सीपुर उप–महानगरपालिका वडानम्बर १८ का ७० बर्षिय पुरुषको मुत्यू भएको छ । निज ब्यक्ती पनि शुक्रबार उपचारको लागि मेडिकल कलेजमा आएकोमा १५ गते पिसिआर पोजेटिभ आएपछी कोरोना वार्डमा नै उपचार गराईरहेका बिरामीको मुत्यू भएको अस्पतालले जानकारी गराएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार शनिबार नै अपरान्ह साढे ५ बजे बांकेको नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० रांझाको ६० बर्षिय महिलाको कोहलपुर मेडिकल कलेजमा नै उपचारको क्रममा मुत्यू भएको छ । उक्त ब्यक्तीको कार्तिक ८ गते पोजेटिभ रिपोर्ट आएदेखी नै श्वासप्रश्वासमा समस्या भएर कोहलपुर मेडिकल कलेजको कोरोना वार्डमा उपचार भईरहेको थियो ।

त्यसैगरि शनिबार नै सांझ ५ बजे दांगको घोराई उप–महानगरपालिका वडानम्बर ४ का ७० बर्षिय ब्यक्ती बिरामी भई उपचारको लागि कार्तिक ११ गते कोहलपुर मेडिकल कलेजमा उपचारको लागि आएकोमा १२ गते पिसिआर रिपोट पोजेटिभ आएको र बिरामीको कोराना वार्डमा राखी आवश्यक सहयोगी उपचार गरिएकोमा श्वास प्रश्वासमा समस्या आएर मुत्यू भएको अस्पतालले जानकारी गराएको छ ।

यसरी बाहिरी जिल्लाबाट बांकेको कोहलपुर मेडिकल कलेज र नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार गराउन आएका कोरोना संक्रमित मध्य २० जनाको मुत्यू भएको कोरोना फोकल पर्सनले प्रेस नोट मार्फत जानकारी गराउनु भएको छ । बांकेका मात्र हाल सम्म ३१ जना कोरोना संक्रमितको मुत्यू भएको छ । बाहिरी जिल्लाका र बांकेका गरि बांकेमा आईतबार सम्म ५१ जनाको मुत्यू भइसकेको छ ।

बांके जिल्लामा आईतबार बिहान सम्म भेरी अस्पतालमा ६१ जनाको उपचार भइरहेकोमा २१ जना सिकिस्त बिरामी हुनुभएको छ भने कोहलपुर स्थित मेडिकल कलेजमा ४१ जनाको उपचार भइरहेकोमा ९ जना सिकिस्त बिरामी अवस्थामा उपचार गराईरहनुभएको छ । आज आईतबार नै बिभिन्न आइसोलेसन सेन्टरमा बस्नुभएका २४ जना महिला र ३६ जना पुरुष गरि ६० जना ब्यक्ती डिस्चार्ज हुनुभएको छ ।