गैर नेपालीले नागरिकता लिएको भन्दै नेपालगञ्जमा लगातार प्रदर्शन


३० मंसिर, नेपालगञ्ज/  विगतमा आपसी मिलेमतोमा गैर नेपालीले नेपाली नागरिकता लिएको भन्दै नेपालगञ्जका बाकेगाउँ बासिन्दाले विगत २ दिन देखी प्रदर्शन गरिरहनु भएको छ ।

नेपालगञ्ज उप- महानगर वडा नम्बर ९ बाँके गाउँको ठेगाना राखी भारतिय ३ जना नागरिक विनय कुमार पाण्डे, श्याम बहादुर पाण्डे र पप्पु भनी चिनीने रघुवेन्द्र प्रताप पाण्डेले गलत बिवरण पेशगरी विभिन्न ब्यक्तीको मिलेमतो तथा चल खेलको आधारमा नागरिकता प्राप्त गरेको प्रदर्शनकारीहरूले बताउनु भएको छ ।

विगत २ दिन देखी जिल्ला प्रशासन कार्यालय मुल गेटमा भेला भएर नागरिकता दिने र लिनेलाई कानुन बमोजिम कडा कार्वाही गरी उक्त नागरिकता वदर गर्न प्रदर्शनकारीहरूले प्लेकार्ड तथा नारा जुलुश मार्फत माग गरिरहनु भएको छ ।

नेपालगञ्ज बाँके गाउँ निवासी तथा सरोकारवालाको नाम दिइएको उक्त प्रदर्शन कानुन ब्यवसायी राजकुमार उप्रेती को नेतृत्वमा दर्जनौं ब्यक्तीहरुले लगातार प्रदर्शन गरिरहनु भएको छ ।

विगतमा  विभिन्न केही प्रमुख जिल्ला अधिकारीको कार्यकालको समयमा किर्ते नागरिकता वितरण गरिएको भनी प्रशासनमा उजुरी पर्ने गरेको पाइएको छ ।

विगतमा स्थानिय सरोकारवालाहरुको गोप्य रिपोर्ट तथा निवेदनको आधारमा किर्ते नागरिक्ता लिने ५५ जना ब्यक्तिको नागरीकता बदर गरिएको छ भने २ जना बैदेशिक नागरिक जेलमा हावा खाईहनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट मिलेमतोमा विगतमा नेपालगञ्जका केही धनाढ्यमा गनिने ब्यक्ती देखी नेपालमा विहेवारी गरी जुवाईलाई छोरा भनी सिफारीस गरेर नागरिकता लिनेको उल्लेखनिय संख्या रहेको छ।

पछिल्लो पटक किर्ते नागरिकता लिनेहरुले विक्रम सम्वत २०६३ सालको नागरिकता टोलीको रेकर्डमा उल्लेख गरी लिइएको स्रोतले जनाएको छ ।

बाँकेका शंकास्पद किर्ते नागरिकताका बितरण गरिएकाहरुको सक्कली अनुसुची फारम राखिएका फाइलका पोकाहरु समेत जाना जान गायव र नस्ट पारिएको हुन सक्ने स्रोतलेेे जनाएको छ ।

नागरिकता प्राप्त गर्दाको सक्कली रेकर्ड फाइलमा समेत टिपेक्स लगाई सच्याइने गरिएको र हालसम्म र्किते नागरिकता छानवीनमा ५५ वटा नागरिकता खारेजी गरेपनि हालसम्म नागरिक्ता दिने कसैलाई पनि कार्वाहीको दायरामा ल्याइएको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले विगतमा वितरण गरिएका नागरिकताका सम्बन्धमा उजुरी तथा सर्वसाधारणबाट प्राप्त सूचनाहरुलाई प्रशासनले गम्भीरतापूर्वक लिएर सुक्ष्म छानविन गरिरहेको बताउनुभएको छ।