वकीलहरुको बक्सिंग र किक हानाहान: न्यायाधीसहरुको छुट्टै बैठक

 

१२ कात्तिक, काठमाडौं/ केही ब्यक्तिहरुले सर्वोच्च अदालतका प्रधान न्यायाधीसको राजीनामा माग राखी किचलो चलिरहेको समयमा नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार २ जना अधिवक्ताबीच बादविवाद हुदा हुँदै हात हालाहाल सम्म पुगेको छ ।

बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले बताउनु भएको छ ।

‘न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दुःख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा म माथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु चुडालले सञ्चारकर्मिलाई बताउनु भएको छ ।

उता सर्वोच्चका १४ जना न्यायाधीसको पनि बैठक र छलफल चलिरहेकोमा आज शुक्रबार कुनै बेञ्च नतोकिएकाले अदालतमा कुनै पेशी पनि चढेको छैन ।