अम्बे स्टिल फयाक्ट्रीका मजदुरको शंकास्पद मृत्यु

१० माघ, नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगर सगै जोडिएको बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ मा रहेको अम्बे स्टिल फयाक्ट्रीमा काम गर्ने श्रमिक मोहन सिह ठकुरीको फयाक्ट्री बाहिर शंकास्पद तरिकाले मृत्यु अवस्थामा आईतवार विहान शव फेला परेको छ ।

अम्बे स्टिल फयाक्ट्रीमा कार्यरत मजदुर शनिवार साँझ देखि बेपत्ता रहेकोमा आईतवार विहान अम्बे फयाक्ट्री नजिकै अमृतपुर देखि डिठठापुर जाने बाटो छेउमा स्थानियले शव देखेपछी पिपरा स्थित प्रहरीलाई जानकारी दिएको पिपरा चौकी इन्चार्ज सई तोजेन्द्र क्षेत्रीले जानकारी दिनुभएको छ।

मृत्यू भएका मजदुरकी पोष्टमार्टम को लागी भेरी अस्पतालमा शव लगिएको र घटनाको क्षानवीन तथा अनुसन्धान भईरहेको  चौकी इन्चार्ज क्षेत्रीले बताउनु भएको छ।