स्थानिय निर्बाचन २०७९: आज रातीबाट मौन अवधी सुरु (बांकेका पालिकाहरुको रिपोर्ट सहित)

२७ बैशाख, नेपालगञ्ज/  स्थानिय निर्बाचन: २०७९ को प्रचार- प्रसारको  आज अन्तीम दिन हो । आज बैशाख २७ गते रातीबाट प्रचार–प्रसारको समय समाप्त भएर राती १२ बजेबाट मौन अवधी सूरु भएपछी सामूहिक वा ब्यक्तिगतरुपमा कसैले पनि प्रचार–प्रसारको कार्य गर्न वा अरु जो कसैबाट गर्न वा गराउन हुदैन ।

निर्बाचनका आफनो घर दैलोको सरोकार रहेको सकारात्मक परिवर्तनका लागी आफनो मनले चाहेका ब्यक्तीलाई आफनो अमुल्य मत दिएर निर्बाचित गराउन मतदाताले अब धेरै दिन पर्खनु पर्ने छैन ।

भौगोलिक हिसाबले पश्चिम नेपालको दवारको रुपमा रहेको बांकेको कोहलपुर नगरपालीकामा १५ वटा वडा रहेका छन । कोहलपुर नगरपालिकामा स्वतन्त्र मेयरका उम्मेदवार देवा नन्दअर्याल र नन्दा देबी सहित १३ जना मेयर पदमा उम्मेदवारी दिनुभएको छ ।

नेकपा एमालेबाट खील प्रशाद भुषाल, नेकपा माओबादी केन्द्रबाट नरेन्द्र न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट रन्जीता कुमारी चौधरी, नेपाली कांग्रेसबाट पूर्ण प्रशाद आर्चाय, जनता समाजवादी पार्टी, नेपाल बाट बुध बहादुर सुनार, राष्ट्रिय जनमोर्चा बाट भिम प्रसाद देवकोटा , नेपाली कांग्रेस बीपी बाट भोला नाथ शर्मा, नेपाल मजदुर किसान पार्टीबाट खडग राज थापा, राष्ट्रिय जनमुक्ति पार्टी बाट पुर्णकलि थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदिप कुमार शाह , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मी कुमारी हमाल र जनमत पार्टीबाट विष्णु कुमार तमोली उम्मेदवारी दिनुभएको छ ।

कोहलपुरमा मेयरमा नेकपा एमालेबाट खील प्रशाद भुषाल, नेकपा माओबादी केन्द्रका नरेन्द्र न्यौपाने र नेपाली कांग्रेसबाट पूर्ण प्रशाद आर्चाय बीच तिब्र प्रतिस्पर्धा रहेको स्थानिय मतदाताहरुले बिचार ब्यक्त गदै आएपनि पछील्लो पटक एमालेका उम्मेदवारको पक्षमा जबरजस्त माहौल बन्दै गएको बताई पनि यसको परिणाम त ३० गते पछी नै कुर्नुपर्ने हुन्छ ।

कोहलपुरमा ९ जना उप–प्रमुख पदमा उठेकोमा कोहलपुरमा बाहुल्यता रहेको था्र समूदायबाट एमालेबाट अस्मिता थारु उप–प्रमुख पदमा बलियो उम्मेदवारकोरुपमा प्रस्तुत हुनुभएको छ भने क्षेत्रिय भेगिय नाराले ग्रसित कोहलपुरमा नेपाली कांग्रेसबाट संगिता सुबेदी र समाजबादीबाट नारायणी वली चर्चामा रहनुभएको छ । कोहलपुरमा मेयर उप-मेयर सहित ७७ जनाको सिटमा ४०८ जनाले उम्मेदवारी दिनुभएको छ ।

खजुरा गाउंपालिका प्रमुखमा एमालेबाट पूर्व वडा अध्यक्ष भइसक्नुभएका सुमन मल्ल र माओबादी केन्द्रबाट डम्बर बि.क. बीच प्रतिस्पर्धा रहेको छ ।

८ वटा वडा रहेको खजुरामा १ जना स्वतन्त्र सहित ७ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । खजुरामा ४२ पदका लागी १८७ जनाले उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरि नेपालगञ्जसंग जोडिएको जानकी गाउंपालिकामा ६ वाट वडामा अध्यक्ष र उपाध्यक्ष सहित ३२ जना निर्बाचितका लागी १८१ जनाले उम्मेदवारी दिनुभएको छ । जसमा ६ जना अध्यक्ष र ७ जनाले उपाध्यक्षले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अध्यक्षमा एमालेका निमान्शु यादब र नेपाली कांग्रेसबाट छब्बन खां बीच प्रतिस्पर्धा रहेको छ ।

डुडुवा गाउंपालिकामा ६ वडा रहेकोमा अध्यक्ष र उपाध्यक्ष सहित १७१ जनाले उम्मेदवारी दर्ता गराएका छन । जसमा अध्यक्षमा ७ जना र उपाध्यक्षमा ५ जना रहेका छन ।

डुडुवामा जनता समाजबादी पार्टी भण्डारी लाल अहिर, नेपाली कांग्रेस नरेन्द्र कुमार चौधरी र नेकपा एमालेका उम्मेदवार श्रीमती सरोज कुमारी यादब बीच प्रतिस्पर्धा रहेको छ ।

नरैनापुर गाउंपालिकामा पनि ६ वटा वडा मध्य ६ जना अध्यक्ष पदमा र ४ जना उपाध्यक्ष पदमा उम्मेदवारी रहेको छ । ३२ पदका लागी १८२ जनाले उम्मेदवारी दिएर चुनाबी मैदानमा रहेका छन ।

नरैनापुरमा जनता समाजबादी पार्टी इश्तियाक अहमद शाह , नेपाली कांग्रेस रामचन्द्र मौर्य चौधरी र नेकपा एमालेका पदमा वती यादवनी उम्मेदवार  बीच प्रतिस्पर्धा रहेको छ ।

बैजनाथ गाउंपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४२ जनाका लागी १८३ जना चुनाबी मैदानका रहनुभएको छ । बैजनाथ एमालेको पुरानो गढ  भएको ठाउं भएकोले यस पटक गठबन्धन घुडा धसेर लागेको अवस्था छ  त्यहां स्वतन्त्र १ जना सहित ८ जना अध्यक्ष पदका लागी चुनाबी मैदानमा रहनुभएको छ ।

बैजनाथ गाउंपालिकामा एमालेका घननाथ खनाल र नेपाली कांग्रेसका प्रकाश वली बीच प्रतिस्पर्धा रहेको छ ।

नेपालकै सबै भन्दा ठुलो राप्तीसोनारी गाउंपालिकामा जहां थारुहरुको बाहुल्यता रहेको छ । उक्त पालिकामा ९ वटा वडा रहेका छन । अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४ जना वडाकाले निबाृचन लडिरहनुभएको छ । ९ वटा वडा र अध्यक्ष उपाध्यक्ष सहित ४७ जनाको कोटा रहेको राप्ती सोनारीमा १८६ जनाले निर्बाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ ।

अध्यक्षमा एमालेबाट पुराना एवम सालिन नेता रामदास थारु, नेपाली कांग्रेसबाट पनि अन्य भन्दा मिलनसार नेता तप्त पौडेल र माओबादीबाट पटटु थारु बीच निर्बाचनमा प्रतिस्पर्धा रहेको छ ।

बांकेका ८ वटा पालिकाका ८१ वटा वडा मध्य पहिल्य २०७४ को स्थानिय निकायको निर्बाचनमा ४ वटा पालिका खजुरा, बैजनाथ, जानकी र कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख सहित करीब ३ दर्जन वडा अध्यक्षमा समेत जित हासिल गरेको नेकपा एमालेले यस पटकको निर्बाचन अघि करीब २० प्रतिशत जनमत आफनो पक्षमा पार्न सफल भएको आंकलन गरिएको छ । त्यसैगरि नेपाली कांग्रेसको तर्फबाट जितेका २ वटा पालिका डुडुवा र राप्तीसोनारीमा आफनो बर्चसो कायम राख्न हम्मे–हम्मे परिरहेको देखिएको छ ।

त्यसको एउटै कारण हो ! जनप्रतिनिधिहरुले गरेको कु–शासन र भ्रष्टाचार । अहिल्य पनि राप्तीसोनारी र डुडुवामा २०७४ मा जितेका केही जनप्रतिनिधिहरुको नाममा समेत भ्रष्टाचारको बिषयमा छानबीन भइरहेको अवस्था छ ।